माछापुच्छ्रे बै‌ंक सुपर सिक्स क्रिकेटमा २३ टिम खेल्दै

0

काठमाडौं, १ फागुन । छैटौं संस्करणको माछापुच्छ्रे  बैंक सुपर सिक्स कर्पोरेट क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरुहुँदै छ । १९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा २३ वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्ने छन् ।

२३ टिमलाई ८ समूहमा विभाजन गरिएको छ । ८ समूहबाट शीर्ष २ टिमले प्रि क्वार्टरफाइनलमा स्थान बनाउने छन् । पाँच ओभरको प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुने छ । गत संस्करणमा सेन्चुरी बैंकले उपाधि जित्दा एनआईसी एशिया बैंक रनरअप भएको थियो ।

एसएस इभेन्ट्सले गर्न गइरहेको पाँच दिने प्रतियोगितामा उत्कृष्ट खेलाडीले यामाहाको एफजेड मोटरसाइकल पाउनेछन् । प्रतियोगितामा कुल २३ टोलीको सहभागिता रहनेछ । सहभागि टोलीहरुमा प्रायोजक माछापुच्छ्रे, सेञ्चुरी बैंक, सिभिल बैंक, एनआईसि एसिया, सनराइज, नबिल, नेपाल राष्ट्र बैंक, कुमारी, मेगा, ग्लोबल आइएमई, कामना सेवा बिकास बैंक, प्राइम कमर्सियल बैंक, आईसिएफसि फाइनान्स, गुर्खाज फाइनान्स, एनसेल ए र बी, नेपाल टेलिकम, सुर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दुतावास, नेपाल लाइफ इन्स्योरेन्स र दि काठमाण्डु पोस्ट रहेका छन् ।

 

Post Add 1025X115
Loading...