विग ब्यासमा सन्दीपको खेल आज पुरा होला त १०० विकेट?

0

काठमाडाैं, ११ माघ । अस्ट्रेलियामा जारी विग ब्यास लिग क्रिकेट अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध मेलवर्न स्टार्सले १४ औं खेल खेल्दै छ । अहिलेसम्म १० खेलमा जीत र ३ खेलमा पराजित भएको मेलवर्न तालिकाको शीर्ष स्थानमा रहेको छ । मेलवर्नले आज दिउँसो १ः५५ बजे ब्रिसवन हिट्सँग खेल्न लागेको हो ।

ब्रिसवन ७ खेलमा पराजित र ५ खेलमा जीत निकाल्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । आजको खेलमा सन्दीप लामिछाने पर्ने सम्भावना रहेको छ । मेलवर्नले सार्वजनिक गरेको १३ सदस्यीय टिममा उनी रहेका छन् । सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट नजिक रहेकाले धेरैको नजर उनको खेलमा रहने छ ।

अघिल्लो खेलमा विकेट विहीन रहेका सन्दीपले आज २ विकेट लिन सके टी २० म १०० विकेट लिने पहिलो नेपाली खेलाडी हुने छन् ।

मेलवर्न र ब्रिसवन यसअघि भिड्दा मेलवर्न २२ रनले विजयी भएको थियो । उक्त खेलमा सन्दीपले ३८ रन खर्चिदै १ विकेट लिएका थिए । सन्दीपले वेन कटिङको विकेट लिएका थिए ।

Post Add 1025X115
Loading...