आठौं चरणको अन्तिम दिन आज, आर्मी र एनआरटी तथा फ्रेण्ड्स र संकटा भिड्दै

0

काठमाडौं, ११ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज आठौं चरणको खेल सकिँदै छ । दुवै खेल दशरथ रंगशलामा हुने छन् । पहिलो खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ ।

आर्मी तालिकाको शीर्ष स्थानमा छ । तर अरु दुई टिमको पनि आर्मीको समान १६ अंक भएकाले आजको खेलमा जीत निकाले स्पष्ट तीन अंकले लिड लिने छ । एनआरटी भने ११ अंकको साथमा सातौं स्थानमा छ ।

आजको खेलमा एनआरटी विजयी भए चौथो स्थानमा रहेको थ्रीस्टारसँग अंक बराबरी गर्ने छ । आर्मी र एनआरटी बराबरीमा रोकिए आर्मीले १ अंकको अग्रता लिने छ भने एनआरटीले पाँचौं स्थानमा जावलाखेलसँग अंक बराबरी गर्ने छ । प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा फ्रेण्ड्स र संकटा आमने सामने हुने छन् ।

फ्रेण्ड्स जारी लिगमा ११ औं स्थानमा छ भने संकटा नवौं स्थानमा छ । आजको खेलमा फ्रेण्ड्स विजयी भए आठौं स्थानमा पुग्ने छ भने संकटा विजयी भए छैटौं स्थानमा उक्लने छ । प्रतियोगिता अन्र्तगत शुक्रबार मनाङ र च्यासल विजयी भएका थिए ।

Post Add 1025X115
Loading...