टी २० मा बंगलादेशमाथि पाकिस्तानको रोमाञ्चक जीत

0

बंगलादेशविरुद्धको पहिलो टी २० मा पाकिस्तान विजयी भएको छ । लाहोरमा कडा सुरक्षाकाबीच भएको पहिलो टी २० मा पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १४२ रनको लक्ष्य घरेलु टोली पाकिस्तानले ३ बल बाँकी छदै पुरा गरेको थियो । पाकिस्तानको जीतमा सोयब मलिकले ५८ रनको नट आउट पारि खेल्दा असन अलिले ३६ रनको योगदान गरे । मोहम्मद हफिल १७ रनमा आउट हुँदा इफ्तिकर अहमद १६ रनमा पेभेलियन फर्किका थिए । बंगलादेशका सैफुल इस्लामले २ विकेट लिए ।

पहिला ब्याटिङ गर्दै बंगलादेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो । बंगलादेशका लागि मोहम्मद नइमले ४३ रन बनाउँदा तमिम इक्बालले ३९ रन जोडेका थिए । मोहमदुल्लाह १७ रनमा नट आउट रहे । पाकिस्तानका सइन साह अफ्रिदी, हरिफ रफ र सदाव खानले एक एक विकेट लिए ।

Post Add 1025X115
Loading...