न्युजिल्याण्डविरुद्धको पहिलो टी २० भारतले जित्यो

0

काठमाडौं, १० माघ ।  न्युजिल्याण्डविरुद्धको पहिलो टी २०मा भारत ६ विकेटले जीत निकालेको छ । अकल्याण्डमा घरेलु टोली न्युजिल्याण्डले दिएको २०४ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर पुरा गरेको हो ।

सुरुआत भने खराब गरेको भारतको जितमा केएल राहुल र विराट कोहलीले ९९ रनको उत्कृष्ट साझेदारी गरे । रोहित शर्मा व्यक्तिगत ७ रन बनाएर आउट हुँदा भारतले पहिलो विकेट १६ रनमा गुमाएको थियो । त्यसपछि राहुल र कोहलीले उत्कृष्ट साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए । दोस्रो विकेटको रुपमा ११५ रनहुँदा राहुल व्यक्तिगत ५६ रन बनाएर आउट भए ।

२६ बल फेस गरेका राहुलले ३ छक्का र ४ चौका प्रहार गरे । त्यसको केहीबेरमै कप्तान कोहली पनि ४५ रन बनाएर आउट भए । उनले ३२ बलमा १ छक्का र ३ चौका प्रहार गरेका थिए । चौथो विकेटको रुपमा भारतले शिबम् दुवेलाई गुमाएको थियो । दुवे १३ रन बनाएर आउट भए ।

त्यसपछि श्रीयस एय्यर र मनिष पाण्डेले फेरि अर्धशतकीय साझेदारी गर्दै जित निकाल्न सफल भए । एय्यरले आक्रामक ब्याटिङ गर्दै एक ओभर बाँकी छर्दै जित दिलाए । एय्यर २७ बलमा ५८ रनमा नट आउट रहे भने पाण्डेले पनि अभिजित १४ रनको योगदान गरे ।

न्युजिल्याण्डका इस सोधीले २ विकेट लिएका थिए । टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०३ रन बनायो । पहिलो विकेटका लागि मार्टिन गप्टिल र कलिन मुनरोले ८० रनको साझेदारी गर्दै वलियो शुरुआत गरेका थिए । पहिलो विकेटको रुपमा गप्टिल ३० रन बनाएर आउट भए । गप्टिल र केन विलियम्सनले स्कोर अघि बढाएका थिए ।

११६ रन हुँदा मुनरो ५९ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका कोलिन डी ग्राण्डहोमले भने खाता नै खोल्न सकेनन् । व्यक्तिगत ५१ रन बनाएर केन विलियम्सन आउट हुँदा १७८ रनको स्कोरमा चौथो विकेट गुमेको थियो ।

टिम सेफर्ट १ रनमा आउट भए । अन्तिमसम्म क्रिजमा रहेका रस टेलरले ५४ रन जोड्दा मिचेल स्टेनरले २ रन बनाए । भारतका जसप्रित बुमराह, शार्दुल ठाकुर,युजबेन्द्र चहल, शिबम् दुवे र रविन्द्र जडेजाले एक एक विकेट लिए । आजको नतिजासँग ५ वटा टी २०को सिरिजमा भारत १–० ले अगाडि रहेको छ ।

Post Add 1025X115
Loading...