टी २० मा भारतलाई न्युजिल्याण्डको २०४ रनको लक्ष्य

0

काठमाडौं, १० माघ । भारतविरुद्धको पहिलो टी २० क्रिकेटमा न्युजिल्याण्डले २०४ रनको लक्ष्य दिएको छ । घरेलु मैदान अकल्याण्डमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०३ रन बनायो ।

पहिलो विकेटका लागि मार्टिन गप्टिल र कलिन मुनरोले ८० रनको साझेदारी गर्दै वलियो शुरुआत गरेका थिए । पहिलो विकेटको रुपमा गप्टिल ३० रन बनाएर आउट भए । गप्टिल र केन विलियम्सनले स्कोर अघि बढाएका थिए । ११६ रन हुँदा मुनरो ५९ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका कोलिन डी ग्राण्डहोमले भने खाता नै खोल्न सकेनन् ।

व्यक्तिगत ५१ रन बनाएर केन विलियम्सन आउट हुँदा १७८ रनको स्कोरमा चौथो विकेट गुमेको थियो । टिम सेफर्ट १ रनमा आउट भए । अन्तिमसम्म क्रिजमा रहेका रस टेलरले ५४ रन जोड्दा मिचेल स्टेनरले २ रन बनाए । भारतका जसप्रित बुमराह, शार्दुल ठाकुर,युजबेन्द्र चहल, शिबम् दुवे र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

Post Add 1025X115
Loading...