ए डिभिजन लिगमा मनाङ तेस्रो स्थानमा उक्लियो, अपराजित यात्रा कायमै

0

काठमाडौं, १० माघ । ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आज भएको खेलमा पुछारको सरस्वती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी र मछिन्द्रसँग अंक बराबरी गरेको हो ।

आर्मी, मछिन्द्र र मनाङ समान १६ अंकसहित शीर्ष तीन स्थानमा रहेका छन् । आर्मीले भने एक खेल कम खेलेको छ ।  दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेले पनि निर्णायक गोल मनाङले दोस्रो हाफको शुरुमै गरेको थियो ।

मनाङका लागि निशान लिम्बुले प्रहार गरेको फ्रिकिकलाई अन्जन विष्टले राइटविङबाट टच गरेको बल बारमा लागेपछि रिबाउन्ड भएको थियो । उक्त बललाई विमल रानाले गोलमा परिणत गर्दै मनाङलाई अग्रता दिलाएका हुन् । उक्त अग्रता अन्तिम समयसम्म जारी राख्दै जीत निकालेको हो ।
मनाङका लागि निर्णायक गोल गर्ने विमल राना केल्मी म्यान अफ द म्याच घोषित भए । मनाङ जारी लिगमा एक मात्र अपराजित टिम हो । उसले चार खेलमा जीत निकाल्दा चार खेलमा ड्र गरेको छ ।

Post Add 1025X115
Loading...