ए डिभिजन लिगमा मनाङलाई दोस्रो हाफमा अग्रता

0

काठमाडौं, १० पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले अग्रता लिएको छ । दशरथ रंगशालामा सरस्वतीविरुद्ध मनाङले दोस्रो हाफको शुरुमै १ गोलको अग्रता लिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएकोमा मनाङ ४६ औं मिनेटमा गोलको खाता खोलेको हो । मनाङका लागि निशान लिम्बुले प्रहार गरेको फ्रिकिकलाई अन्जन विष्टले राइटविङबाट टच गरेको बल बारमा लागेपछि रिबाउन्ड भएको थियो ।

उक्त बललाई कमल रानाले गोलमा परिणत गर्दै मनाङलाई अग्रता दिलाएका हुन् । जारी लिगमा मनाङ १३ अंकसहित चौथो स्थानमा छ भने सरस्वती १ अंकसहित पुछारमा छ ।

Post Add 1025X115
Loading...