भारत र न्युजिल्याण्डबीचको पहिलो टी २० आज, वर्षाले प्रभाव पार्ने !

0

काठमाडौं, १० माघ । भारत र न्यूजिल्याण्डबीचमा पाँच म्याचको टी २० सिरिज आजदेखि शुरुहुँदै छ । पहिलो खेल न्युजिल्याण्डको अकल्याण्डमा १२:३५ बजे शुरुहुने छ ।

यसैवर्ष हुने टी २० विश्वकपको तयारीको रुपमा भारतले न्युजिल्याण्डविरुद्धको सिरिजलाई लिएको छ । तर आजको खेलभने वर्षाले प्रभावित गर्ने आंकलन गरिएको छ । मौसम पूर्वानुमान अनुसार खेल शुरुहुनु पूर्व हल्का वर्षा हुँदा केही ढिला गरि खेल शुरुहुने छ । त्यसैले पहिलो टी २० को केही ओभर घट्ने अनुमान गरिएको छ ।

अकल्याण्डको मैदानमा यसअघि इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको टी २० प्रभावित हुँदा ११ ओभरमा झारिएको थियो । उक्त खेल टाइ भएपछि सुपरओभरबाट नतिजा निकाल्दा इंग्ल्याण्डले बाजी मारेको थियो ।

भारतले हालै अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा एक दिवसीय सिरिज जितेकाले उच्च मनोबल बनाएको छ । तर न्युजिल्याण्डलाई उसकै घरेलु मैदानमा हराउन भने भारतले ठूलै मेहनत गर्नुपर्ने छ । न्युजिल्याण्डको घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै आएको छ । न्युजिल्याण्डविरुद्ध २००७ देखि अहिलेसम्म ११ टी २० म्याच भएका छन् जसमा तीन पटक मात्रै भारत विजयी भएको छ ।

न्युजिल्याण्ड : कालिन मुनरो, मार्टिन गप्टिल, केन विलियमसन, टिम सिफर्ट, कॉलिन डी ग्रैंडहोम, रॉस टेलर, मिचेल सैंटनर, स्कट कुग्लेजिन, इश सोढ़ी, टिम साउदी र हामिश बेनेट।
भारत : रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, ऋषभ पन्त, मनीष पांडेरशिवम दुबे, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शमी र जसप्रीत बुमराह।

-सच्याइएकाे –

Post Add 1025X115
Loading...