एट्लेटिको मड्रिड तेस्रो डिभिजनको क्लबसँग पराजित

0

एट्लेटिको मड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ । अन्तिम ३२ चरणको खेलमा एट्लेटिको तेस्रो डिभिजनको कल्चरल लियोनिसासँग २–१ ले पराजित भयो ।

लियोनिसाको मैदानमा भएको खेलमा एट्लेटिकोले खेलमा एक गोलको अग्रता समेत लिएको थियो । तर, अतिरिक्त समयमा लियोनिसा बलियो देखियो । सर्जियो बेनिटोको गोल निर्णायक बन्दा लियोनिसा अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।

लियोनिसाका गोलकिपर लुकास जिफर्डले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

खेलको ६२औं मिनेटमा एंगल कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ८३औं मिनेटमा जुलेन कास्टानेडाले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि आधा घण्टाको अतिरिक्त समय थप गरिएको थियो । १०८औं मिनेटमा सर्जियो बेनिटोले उत्कृष्ट भलिमार्फत गोल गरेपछि एट्लेटिको स्तब्ध बन्यो ।

Post Add 1025X115
Loading...