त्रिकाेणात्मक सिरीजका लागि नेपाली टिमकाे घाेषणा, २ नयाँ अनुहार (सूचीसहित)

0

आइसीसी विश्वकप क्रिकेट दुईका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । जसमा दुई जना नयाँ अनुहारले टिममा स्थान बनाएका छन् । यसका साथै अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मीलाई आराम दिइएको छ भने कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन ।

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको हो ।
जसमा यू १९ टिमबाट खेलिसकेका कुशल मल्ल र कमलसिंह ऐरी पहिलो पटक टिममा स्थान बनाएका छन् ।

सोमपाल कामी श्वास्थ्यका कारण यो सिरीज बाहिर हुँदा बसन्त रेग्मी पारिवारीक कारणले क्याम्पमा सहभागि थिएनन् । पछिल्लो पटक एम एम कप खेलेका बसन्तलाई पुत्रीलाभ भएको थियो । जसका कारण उनले प्रशिक्षण गुमाएका थिए ।

यसपटक पहिलो पटक टिममा कमलसिंह ऐरी यू १९ टिमका मुख्य बलर रहेका थिए । नेपालले एसिया कप खेल्दा होस या विश्वकप छनोट कमल मुख्य बलर थिए । यस्तै टिममा पहिलो पटक परेका कुशल मल्ल बाँया हाते ब्याट्सम्यान तथा बलर हुन । पछिल्लो पटक दक्षिण एसियाली खेलकुद सागमा टिममा परेका कुशल एकदिवसियमा भने पहिलो पटक टिममा परेका हुन् ।

यस्तै सुसन भारीले पनि पहिलो पटक एकदिवसिय टिममा स्थान बनाएका हुन् । पछिल्लो पटक टी २० टिममा रहेपनि उनी पहिलो पटक एकदिवसीय सिरीजका लागि टिममा परेका हुन् ।

नेपालको राष्ट्रिय टिम
ज्ञानेन्द्र मल्ल (कप्तान)
दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दिप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुसान भारी
रोहित पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी

Reserve Players
1) Pawan Sarraf
2) Subash Khakurel
3) Sundeep Jora
4) Kishor Mahato

Manager- Rishi Ram Gautam
Head Coach- Umesh Patwal
Coach- Jagat Tamatta
Assistant Coach- Basanta Sahi
Physio- Vikram Nyaupane
Analyst- Raman Siwakoti

माघ २२ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ । यो प्रतियोगिताका लागि अमेरीका र ओमानले यसअघि नै टिमको घोषणा गरिसकेका छन् ।

Post Add 1025X115
Loading...