एपीएफका खेलाडीलाई एनआई सी एशियाको पुरस्कार हस्तान्तरण

0

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको अवसर पारेर ए.पी.एफ.क्लबका खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेको छ ।

बैंकले हालै नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधामा पदक विजेता एपीएफका खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप नौ लाख ९५ हजार रकम प्रदान गरेको हो ।

उक्त सहयोग स्वरुपको चेक एनआई सी एशिया बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष कुमार राठीले ए.पी.एफ. क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका थिए ।

Post Add 1025X115
Loading...