राष्ट्रिय क्लव भलिबलकाे पुरूषकाे उपाधिका लागि एपीएफ र हेल्प नेपाल भिड्ने

0

आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फकाे उपाधिका लागि एपीएफ र हेल्प नेपाल भिड्ने भएका छन । एपीएफले अार्मीलाइ हरायाे भने हेल्प नेपालले पुलिसमाथि बाजि मार्याे ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल फाइनलमा पुगेकाे हाे । राष्ट्रिय टिमका खेलाडीले भरिएको पुलिसमाथि हेल्पले २५-२१, २५-१७ र २५-१५ को सेटमा जित निकाल्यो ।

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

आर्मीमाथि एपीएफले प्रतिस्पर्धात्मक सेटमा जित हात पारेको हो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीमाथि एपिएफले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो सेट पनि २५–२२ ले आफ्नो पक्ष्मा पारेको एपीएफले अन्तिम सेट भने २६–२४ ले जित्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५र२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०र१० हजार पाउने छन् ।

Post Add 1025X115
Loading...