आइपीएलमा चेन्नेई सुपर किंग्सका हेर्न लायक २ खेलाडी

0

नयाँ सिजनकाे इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किंग्सको नजर उपाधिमा रहेकाे छ । महेन्द्रसिंह धाेनीकाे नेतृत्वमा रहेको टोली आईपीएलकोे सबैभन्दा सफल फ्रेन्चाइजी टिम मध्ये एक हो ।

२०१८ काे आईपीएलमा पुनरागमन गरेपछि सनराइजर्स हैदराबादलाई हराएर फाइनलमा पुगेकाे चेन्नाई सुपर किंग्स मुम्बई इन्डियन्सको बिरुद्ध फाइनलमा हारेकाे थियो । यस सिजनमा पनि राम्रो नतिजा निकाल्न चेन्नेइले आफ्नो पछिल्लो वर्षका गल्तीहरु सुधार गर्न आवश्यक रहेको छ ।

पछिल्लो सिजन उपाधि नजितेपनि सीएसकेले आफ्नो टीममा धेरै परिवर्तन गरेको देखिदैन । सीएसके टोलीका प्रबन्धनले धोनीको नेतृत्वमा फेरि विश्वास गरेको छ । जबकि टीमका प्रत्येक सदस्य समान रुपमा महत्वपूर्ण छन् । टिममा केही खेलाडीहरु छन् जसको प्रदर्शनले टीममा ठूलो असर पार्दछ ।

१. दीपक चाहर

दीपक चहारले आफ्नो भाग्य परिवर्तनका लागि आईपीएल र चेन्नेई सुपर किंग्सलाई धन्यवाद दिनुपर्दछ । आईपीएलमा राजस्थानी तिब्रगतिका बलर लगातार राम्राे प्रदर्शनले उनको राष्ट्रिय टीममा छनौट हुने बाटो खुलेको छ । शुरुमा अन्तर्राष्ट्रिय स्तरमा थोरै संघर्ष गरेपनि चाहर आईपीएल टिमका नियमित सदस्य रहेका छन् । चाहर बंगलादेशको बिरुद्ध टी २० टीमको श्रृंखलामा भारतीय स्ट्राइक बलर थिए, जसको विरुद्धमा उनले टी २० श्रृंखलामा सर्वश्रेष्ठ बलिङ गरे ।

दुर्भाग्यवश, चाहर वेस्टइन्डिजको बिरुद्ध एकदिवसीय श्रृंखलाको क्रममा घाइते भएका थिए । उनले अब आईपीएलका लागि जाेडदार तयारी गरिरहेका छन । चाहर चेन्नेई सुपर किंग्सका महत्वपूर्ण सदस्य बन्न पुगेका छन् । उनले विश्वकप टीममा फिर्ता हुनका लागि आईपीएलमा राम्रो प्रदर्शन गर्नु आवश्यक रहेको छ ।

२. महेन्द्रसिंह धोनी

भारतीय क्रिकेट टीममा पूर्व कप्तान धोनीको भविष्यको बारेमा धेरै कुराहरु भनिएको र लेखिएको छ । विश्वकप देखि कुनै पनि प्रकारको क्रिकेट खेलेका छैनन् ।

धोनी चेन्नेई सुपर किंग्स टीमको सफलताका एक महत्वपूर्ण व्यक्तित्व हुन् । गत दुई वर्ष धोनी शानदार लयमा थिए । जसले २०१८ र २०१९ मा ४०० रन बनाए । सीएसकेको ब्याटिङ गत सिजनको दायरा भित्र थियो ।

टीमले आफ्नो कप्तान र सबैभन्दा अनुभवी ब्याटसम्यानसँग खेलहरु जित्न चाहन्छन् । धोनी यस आईपीएलमा कसरी पूग्छन् भनेर हेर्न पनि रोचक हुनेछ । आईपीएलको राम्रो सिजनले धोनीलाई टी २० विश्वकप टीममा पक्कै पनि राम्रो टेवा पुर्याउनेछ ।

Post Add 1025X115
Loading...