त्रिकाेणात्मक सिरीजः मैदानकाे नयाँ स्वरूप, कडा सुरक्षा ब्यवस्था, प्रबिधिकाे प्रयाेग

0

माघ २२ गतेबाट सुरु हुने आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत माघ २२ गतेबाट कीर्तिपुर मैदानमा अन्तराष्ट्रिय एकदिवसिय सिरीजको आयोजना हुँदैछ । जसमा नेपालले अमेरीका र ओमानसँग खेल्दैछ ।

करिव साढे दुई बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेका बेला यसलाई कसरी सफल पार्ने भन्नेमा यतिबेला नेपाल क्रिकेट संघका पदाधिकारीको मुख्य ध्यान रहेको छ । त्यसैले पनि यो प्रतियोगिताका लागि विभिन्न समिती बनाएर काम भइरहेको छ ।

प्रतियोगिताका लागि मैदानको मर्मत पछिल्लो दुई महिनादेखि निरन्तर रहेको छ । जसमा यो सिरीजका लागि कीर्तिपुर मैदानमा रहेका सात वटै पिच बनाइएको छ । तर प्रतियोगितामा तीन वटा पिच प्रयोग गर्ने भएको छ । हरेक टिमले फरक फरक खेल फरक फरक पिचमा खेल्न पाउनेछन ।

कीर्तिपुर मैदानको आउटफिल्डलाई पनि राम्रो बनाउन त्रिपालहरु राखिएको छ । मैदान हरियो बनाउने काम भइरहेको छ । यसका साथै कतै कतै भागमा दुबो रोप्ने काम पनि भइरहेको छ । मैदानमा निरन्तर काम भइरहेका बेला पिचमा नयाँ दुबो रोप्नुका साथै पिच नै नयाँ बनाइएको छ । जसका लागि आइसीसी क्युरेटर बन्दुला नेपालमा रहेका छन ।

यो मैदानको निरीक्षणका लागि आइसीसीबाट प्रतिनिधी आएर हेरीसकेका छन । मैदानमा गरिएको कामबाट उनी सन्तुष्ट नै रहेका छन । सबैकाम योजना अनुसार भएको उनले बताए । खाली अब मैदानको वरिपरि रहेका तारहरुलाई हटाउन क्यानका पदाधिकारीलाई निर्देशन दिइएको छ ।

यो प्रतियोगिताका लागि मैदानमा सुरक्षा ब्यवस्था निकै चुस्त बनाइनेछ । करिव सात सय वटा सुरक्षाकर्मी मैदानमा खटाइने छ । जसमा तीन लेभलमा सुरक्षा ब्यवस्था राखिनेछ । पहिलो लेभलमा मैदानको नजिकै दोस्रो लेवल दर्शकको विच भागमा र अन्तिम लेभर मैदानको पछाडीको भागमा हुनेछ । जसमा जनपथ अन्तिम लेभलमा रहनेछ ।

मैदानमा दर्शकको कुनै त्यस्तो घटना नहोस भनेर सुरक्षा ब्यवस्था कडा पारिनेछ । यतिमात्र होइन, मैदानमा सिसिटिभी पनि फिट गरिनेछ भएको छ । करिव एक दर्शज जति सिसीटिभि राखेर सुरक्षालाई झन मजबुत बनाइनेछ ।

दर्शकका लागि टिकटको ब्यवस्था पनि गरिनेछ । तर त्यसका बारेमा क्यानले केहि दिनमा जानकारी गराउनेछ । प्रतियोगिताका लागि अमेरीकी टिमको घोषणा भइसकेको छ । उसले मुम्बईमा क्याम्प राख्ने भएको छ ।

हेराै भिडियाेमा

 

Post Add 1025X115
Loading...