नेपाल आउने अमेरिकन क्रिकेट टिममा भारतीय, अस्ट्रेलियन र दक्षिण अफ्रिकी खेलाडी!

0

अर्को महिना नेपाल र ओमानसँग आईसीसी क्रिकेट विश्वकप लिग २ का लागि अमेरिकाले १४ सदस्यीय टिमको घोषणा गरेका छन् । काठमाडौंको कीर्तिपुर मैदानमा हुने प्रतियोगिताका लागि अमेरिकाले हालै युएई भ्रमण गरेको टिमलाई नै निरन्तरता दिएको छ । युएईमा चार मध्ये तीन खेल जितेको टिम नै नेपाल आउन लागेको हो । नेपाल आउनुअघि अमेरिकन टिमले भारतको मुम्बईमा अभ्यास गर्ने पनि जनाइएको छ ।

अमेरिकाले सौरव नेत्रभाल्करको कप्तानीमा सिरिज खेल्ने छ । उनी बलर हुन् ।

सौरव नेत्रभाल्कर : भारतीय मुलका सौरबले पपुवा न्युगिनीविरुद्ध २०१९ मा डेब्यु गरेका थिए । अहिलेसम्म ९ वटा एक दिवसीय क्रिकेटमा १३ विकेट लिएका छन् ।

स्टेभन टेलरः लेफ्ट ह्याण्डेड ब्याट्सम्यान हुन् । उनले पनि २०१९ मै डेब्यु गरेका थिए । ९ खेलमा अहिलेसम्म १८२ रन बनाउँदा सर्वाधिक ठूलो स्कोर ५६ रन हो ।

कारिम गोरे : उनी लेफ्ट आर्म लेग स्पिन बलर हुन् । अहिलेसम्म ७ एक दिवसीय क्रिकेटमा उनले ९ विकेट लिएका छन् । यसैगरी ब्याटिङ पनि गर्ने उनले ११२ रन बनाएका छन् । उनको उच्च स्कोर ३१ रन हो ।

इयान होल्याण्डः इंग्ल्याण्डका ह्याम्पसायरबाट काउन्टि क्रिकेट पनि खेलेका छन् । अलराउण्डर उनले ४ एक दिवसीय क्रिकेटमा ७६ रन जोडेका छन् । सर्वाधिक स्कोर ४४ रन हो । उनले अहिलेसम्म बलिङबाट ५ विकेट पनि लिएका छन् ।

अक्क्षे होमराजः उनी अमेरिकन क्रिकेट टिमको विकेटकिपर ब्याट्सम्यान हुन् । गत वर्षमात्रै एक दिवसीय क्रिकेटमा डेब्यु गरका होमराजले ४ पारिमा ९९ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ३४ हो । विकेट किपङ गर्दा ७ जना विपक्षी ब्याट्सम्यानलाई क्याच आउट गरेका छन् ।

एलमोर हुचिनसनः अमेरिकन टिमका सवैभन्दा पाका खेलाडी हुन् । ३७ वर्षीय हुचिनसन जमैकाका हुन् । उनी राइट ह्याण्ड ब्याट्सम्यान र लेफ्ट आर्म मिडियम पेस बलर हुन् । उनले बलिङबाट अहिलेसम्म विकेट हात पार्न सकेका छैनन् भने उनको ब्याटबाट ७१ रन बनेको छ । उनको सर्वाधिक स्कोर नट आउट ४२ रन हो ।

आरोन जोन्सः राइट ह्याण्डेड ब्याट्सम्यान हुन् । २५ वर्षीय जोन्सले अहिलेसम्म ९ एक दिवसीय क्रिकेटमा ३४८ रन बनाएका छन् । उनको सर्वाधिक ठूलो स्कोर ९५ रन हो । करियरमा तीन पटक अर्धशतक बनाइसकेका छन् ।

नोस्तुस केनिइजीः लेफ्ट आर्म स्पिन बलर हुन् । उनले एक दिवसीय क्रिकेटका ४ खेलमा ३ विकेट लिएका छन् । चार खेलमा २ पटक ब्याटिङमा आएका उनले अहिलेसम्म ७ रन जोडेका छन् । उनको सर्वाधिक स्कोर ६ रन हो ।

जाभिएर मार्सलः उनी जमैकाका हुन् । ३३ वर्षीय मार्सलसँग टेस्ट क्रिकेट खेलेको पनि अनुभव छ । टेस्ट क्रिकेटमा उनले २४३ रन बनाएका छन् । एक दिवसीय क्रिकेटमा सन् २००५ मै डेब्यु गरेका मार्सलले ३३ खेलमा ५४२ रन बनाएका छन् । उच्च स्कोर नट आउट १५७ रन हो । उनले करियरमा १ पटक शतक र २ पटक अर्धशतक बनाएका छन् । उनी अफ स्पिन बलर पनि हुन् ।

मोनाक पटेल : उनी भारतीय मुलका हुन् । विकेट किपर ब्याट्सम्यान हुन् । उनले ९ खेलमा २८२ रन बनाएका छन् । उच्च स्कोर ८२ रन रहेका पटेलले २ पटक अर्धशतक पनि बनाएका छन् ।

निसर्ग पटेलः उनी भारतीय मुलका हुन् । राइट ह्याण्ड ब्याट्सम्यान तथा स्लो लेफ्ट आर्म अर्थोडक्स बलर हुन् । उनले ६ एक दिवसीय क्रिकेटमा ८८ रन बनाएका छन् भने सर्वाधिक स्कोर ४० रन हो । यसैगरी बलिङ तर्फ ७ विकेट हात पारेका छन् ।

तिमिल पटेलः ३६ वर्षीय पटेल भारतीय मुलका खेलाडी हुन् । अलराउण्डरको रुपमा अमेरिकाका लागि ५ खेलमा ५५ रन बनाउँदा सर्वाधिक स्कोर नट आउट ५० रन जोडेका छन् । उनले ६ विकेट पनि लिएका छन् ।

क्यामरुन स्टेभनसनः उनीसँग विग ब्यास लिग खेलेको अनुभव पनि छ । उनले मेलवर्न रेनेगेड्सबाट २०१५ मा बिग ब्यास खेलेका थिए । उनी अस्ट्रेलियन क्रिकेटर हुन् । उनले चार इनिङमा ३८ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ३४ रन नट आउट हो । बलिङ तर्फ भने उनले अहिलेसम्म ९ विकेट हात पारेका छन् ।

रोस्टे थिरोनः उनी दक्षिण अफ्रिकी मूलका क्रिकेटर हुन् । उनले दक्षिण अफ्रिकबाट एक दिवसीय क्रिकेट खेलिसकेका छन् । फास्ट बलर थिरोनले अहिलेसम्म ९ खेलमा १७ विकेट लिइसकेका छन् ।

याे पनि

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकी टीमकाे घोषणा, मुम्बईमा अभ्यास गर्ने

Post Add 1025X115
Loading...