दुबै ओपनर घाइते भएपछि अन्तिम खेलअघि दबावमा भारत

0

अष्ट्रेलिया विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसिय खेल अगाडी भारतलाई खेलाडीका चोटले सताएको छ । यसअघि रिसव पन्त र शिखर धवन चोटग्रस्त भएको खवर बाहिर आएका बेला फेरी अर्का ओपनर रोहित शर्मापनि खेल्ने नखेल्नेमा एकिन छैन।

दोस्रो एकदिवसिय खेलका बेला फिल्डिङ गर्दा काँधको चोट बोकेका रोहित अन्तिम खेलमा खेल्नेमा अझै ढुक्क हुन सक्ने अवस्था छैन ।

रोहितको फिटनेसमा भारतीय टिम कुरेको छ । ३२ बर्षे शर्माको बाँया काँधमा चोट लागेको थियो । उनी सो बेला नै मैदानबाट बाहिरीएका थिए । उनले सो खेलमा ३६ रन बनाएका थिए ।

शिखर धवन र रोहित शर्माको चोटको बारेमा भारतले खेल अगाडी मात्र टिमको घोषणा गर्नेछ । धवन नखेले लोकेश राहुल ओपनरका रुपमा उत्रनेछन । उनले अघिल्लो खेलमा ८० रन बनाएका थिए ।

Post Add 1025X115
Loading...