बिग ब्यासमा सन्दीपको शानदार बलिङ, मेलवर्नको नवौं जित

0

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आवद्ध मेलवर्न स्टार्सले नवौं जीत दर्ता गरेको छ । अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेट अन्तर्गत मेलवर्नले पर्थ सोचर्सलाई ८ विकेटको जीत दर्ता गरेको हो । पर्थले दिएको ८७ रनको लक्ष्य पछ्याउने क्रममा मेलवर्नले राम्रो शुरुआत गरेको थियो ।

४७ रन हुँदा हिल्टन कार्टराइटलाई मेलवर्नले गुमाएको थियो । हिल्टनले २५ बलमा १९ रन बनाएका थिए । यसैगरी दोस्रो विकेट टिमको स्कोर ५६ रन हुँदा गुमाएको थियो । मेलवर्नका बेन डंक व्यक्तिगत ८ रनमा पेभेलियन फर्किएका थिए । त्यसपछि मार्कस स्टोनिस ३९ रनमा नट आउट रहँदा सेव गोच १४ रनमा नट आउट रहे । पर्थका मिचेल मार्स र फहवाद अहमदले एक एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको पर्थ १३.५ ओभरमा ६६ रन बनाउँदै अल आउट भयो । पर्थविरुद्ध मेलवर्नबाट खेलिरहेका सन्दीपले उत्कृष्ट बलिङ गरे । ३ ओभर मात्रै बलिङ गरेका सन्दीपले ७ रन खर्चिएर २ विकेट हात पारे । व्यत्तिगत पहिलो ओभरमा ३ तथा दोस्रो ओभरमा ४ रन खर्चिएका सन्दीपले तेस्रो ओभर मेडन राख्दै २ विकेट हात पारे । लगातार २ विकेट लिएपछि पर्थ दबाबमा परेको थियो । १० रन हुँदा पहिलो विकेट गुमाएको पर्थका लागि लियम लिभिङ स्टोन ४ रन बनाएर आउट भए ।

क्यामरुन ग्रिन पनि ४ रन बनाएर रन आउट भएपछि पर्थले ३९ रन हुँदा दोस्रो विकेट गुमाएको थियो । ओपनिङ आएका जोस इंग्लिसले आक्रामक ब्याटिङ गर्दै १९ बलमा ३७ रन जोडेका बेला आउट भएपछि पर्थको टिम दबाबमा परेको थियो । टिमको स्कोर ५८ रन भएका बेला चौथो विकेटको रुपमा पर्थले कप्तान मिचेल मार्सलाई गुमायो । मार्स ७ रनमा पेभेलियन फर्किएका थिए ।

टिम डेभिड पनि ३ रन बनाएर आउट हुँदा पर्थले पाँचौं विकेट खेर फाल्यो । ६८ रन हुँदा जारोन मोर्गान १ रन बनाएर आउट भए । टिमको स्कोर ७६ रन हुँदा क्यामरुन बेन क्रफ्ट रनआउटको स्कार भए ।

त्यसपछि टिमलाई सन्दीपले आठौं र नवौं सफलता दिलाए । टिमको १२.३ ओभरमा क्रिस जोर्डनलाई क्याच आउट गराएका सन्दीपले अर्को बलमा झी रिचर्डसनलाई पेभेलियन पठाए । १० औं विकेट भने पर्थले टिमको स्कोर ८६ रन हुँदा फवाद अहमदको रुपमा गुमाएको थियो । मेलवर्नका लागि ज्याक्सन कोलमनले ३ विकेट लिँदा सन्दीपले २ विकेट हात पारे ।

Post Add 1025X115
Loading...