विग ब्यास लिगमा सन्दीपको टिमलाई ८७ रनको झिनो लक्ष्य

0

काठमाडौं, १ माघ । बिग ब्यास लिगमा सन्दीप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले पर्थ सोचर्सबाट जम्मा ८७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला ब्याटिङ गरेको पर्थ १३.५ ओभरमा ६६ रन बनाउँदै अल आउट भयो ।

पर्थविरुद्ध मेलवर्नबाट खेलिरहेका सन्दीपले उत्कृष्ट बलिङ गरे । ३ ओभर मात्रै बलिङ गरेका सन्दीपले ७ रन खर्चिएर २ विकेट हात पारे । व्यत्तिगत पहिलो ओभरमा ३ तथा दोस्रो ओभरमा ४ रन खर्चिएका सन्दीपले तेस्रो ओभर मेडन राख्दै २ विकेट हात पारे । लगातार २ विकेट लिएपछि पर्थ दबाबमा परेको थियो ।

१० रन हुँदा पहिलो विकेट गुमाएको पर्थका लागि लियम लिभिङ स्टोन ४ रन बनाएर आउट भए । क्यामरुन ग्रिन पनि ४ रन बनाएर रन आउट भएपछि पर्थले ३९ रन हुँदा दोस्रो विकेट गुमाएको थियो । ओपनिङ आएका जोस इंग्लिसले आक्रामक ब्याटिङ गर्दै १९ बलमा ३७ रन जोडेका बेला आउट भएपछि पर्थको टिम दबाबमा परेको थियो ।

टिमको स्कोर ५८ रन भएका बेला चौथो विकेटको रुपमा पर्थले कप्तान मिचेल मार्सलाई गुमायो । मार्स ७ रनमा पेभेलियन फर्किएका थिए । टिम डेभिड पनि ३ रन बनाएर आउट हुँदा पर्थले पाँचौं विकेट खेर फाल्यो । ६८ रन हुँदा जारोन मोर्गान १ रन बनाएर आउट भए । टिमको स्कोर ७६ रन हुँदा क्यामरुन बेन क्रफ्ट रनआउटको स्कार भए ।

त्यसपछि टिमलाई सन्दीपले आठौं र नवौं सफलता दिलाए । टिमको १२.३ ओभरमा क्रिस जोर्डनलाई क्याच आउट गराएका सन्दीपले अर्को बलमा झी रिचर्डसनलाई पेभेलियन पठाए । १० औं विकेट भने पर्थले टिमको स्कोर ८६ रन हुँदा फवाद अहमदको रुपमा गुमाएको थियो । मेलवर्नका लागि ज्याक्सन कोलमनले ३ विकेट लिँदा सन्दीपले २ विकेट हात पारे ।

Post Add 1025X115
Loading...