पर्थबिरूद्ध सन्दिपकाे कसिलाे बलिङ, २ ओभरमा मात्र ७ रन

0

बिग ब्यास क्रिकेट लिगमा मेलबर्न स्टारबाट खेलिरहेका नेपाली बलर सन्दिप लामिछानेले पहिलो ओभरमा कसिलो बलिङ गरेका छन । उनले पहिलो ओभरमा मात्र ३ रन दिए ।

टिमको सातौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका उनले मात्र तीन रन दिए । जसमा उनले पलिहो बलमा एक रन दिए भने दोस्रो बलमा पनि एक रन खर्चिए । तेस्रो बल डट गरेका उनले चौथो बलमा मात्र एक रन दिए । त्यसपछि पाँचौ र छैटौं बल उनले डट फाले ।

त्यसपछि दोस्रो ओभरमा पनि उनले कसिलो बलिङ गर्दै मात्र चार रन खर्चिए । जसमा उनको बलिङमा मार्कुस स्टोनीसले बनक्रोफ्टको विकेट ड्रप गरेका थिए । पहिलो बल डट फालेका सन्दिपले दोस्रो बलमा एक रन दिए । तेस्रो बल पनि डट फालेका उनले चौथो बलमा एक रन दिए । पाँचौ बलमा बेनक्रोफ्टलाई डिप कभरमा स्टोनीसले ड्रप गरे । छैटौ बलमा सन्दिपले एक रन खर्चिए ।

Post Add 1025X115
Loading...