प्रदेश ३ लाई ६४ हराउँदै आर्मी एमएम कप क्रिकेटको फाइनलमा

0

प्रदेश ३ लाई ६४ हराउँदै विभागिए टिम त्रिभुवन आर्मी मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको इनरुवामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४६ ओभर तीन बलमा दुई सय १६ रनमा अलआउट भयो । खराव सुरुवात गरेको आर्मीले १२ रनमा पहिलो र १४ रनमा दोस्रो विकेट गुमाएको थियो । उसका ओपनर हरीशंकर झा ६ रनमा आउट भए भने हरी चौहानमात्र एक रनमा पेभेलियन फर्किए ।

तर तेस्रो विकेटका लागि रोहिकुमार पौडेल र अनिल मण्डलले अर्धशतकीय साझेदारी गरेका थिए । जसमा रोहितले २९ रन बनाए । यस्तै राजेश पुलामीमगर १७ रनमा पेभेलियन फर्किदा आर्मीले १०० रनमा चौथो विकेट खेर फाल्यो ।

तर त्यसपछि उसले अरु ५७ रन जोड्दा थप तीन विकेट खेर फाल्यो । जसमा अनिलले ४३, विनोद भण्डारीले ६, भिम शार्कीले नौ तथा कुशल मल्लले ३७ रन बनाए । अन्तिममा विक्रम सोबले २४ तथा सुसन भारीले १३ रन बनाए ।

जवाफमा प्रदेश तीन ३५ ओभर दुई बलमा रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा शुर्य तामाङले सर्वाधिक ६१ रन बनाए भने कप्तान सुवास खकुरेलले १५ तथा इशान पाण्डेले १७ रन बनाए । बाँकी खेलाडी एकलौटी रुपमा पेभेलियन फर्किए ।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको प्रदेश तीनले २८ रनमा दोस्रो तथा ३७ रनमा तेस्रो विकेट खेर फाल्यो । तर उसको विकेट झर्नेक्रम यतिमा रोकिएन । जसमा ४३ रनमा चौथो तथा ५४ रनमा पाँचौ विकेट झार्यो । प्रदेश तीनलाई कमजोर पार्न सुसन भारी र साहब आलमले दुई दुई विकेट लिए ।

Post Add 1025X115
Loading...