मेलबर्न पहिले बलिङमा, सन्दिप प्लेइङ सेटमा

0

बिगब्यास क्रिकेट लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले टस हारेर बलिङ गर्ने भएको छ । पर्थ सोचर्स विरुद्धको खेलमा मेलबर्नको टिममा नेपाली खेलाडी सन्दिपपनि परेका छन ।

जारी लिगमा ८ खेलमा ९ विकेट लिएका सन्दीप आजकाे खेलमा पर्ने प्रबल सम्भावना रहेको छ । अघिल्लो खेलमा एक विकेट लिएका सन्दीप जारी लिगमा एक खेलका मात्र बेन्चमा बसेका छन् ।

मेलबर्न स्टार्सले ९ खेलमा ८ मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको छ । यी दुई टिम भएको पछिल्लो ५ खेलमा सबैमा पर्थ विजयी भएको छ । आज मेलबर्नलाई लगातारको हारको बदला लिने मौका रहेको छ । जारी लिगमा पर्थ तेस्रो स्थानमा रहेको छ।

Post Add 1025X115
Loading...