टाेटनह्यामले भित्र्यायाे बेनफिकाबाट युवा खेलाडी

0

इंग्लिस क्लव टोटनह्यामले बेनफिकाका मिडफिल्डर जेडसन फर्नान्डेसलाई लोनमा अनुबन्ध गरेको छ ।

टोटनह्यामले जेडसनलाई १८ महिनाका लागि लोनमा भित्र्याएको हो । २१ बर्षे जेडसनले बेनफिकामा गतसिजन डेब्यु गरेका थिए । टोटनह्यामलाई उनको लोनको अवधीको अन्तिममा सधैका लागि अनुबन्ध गर्नपाउने अधिकार पनि रहेको छ ।

पोर्चुगिज लिगको उपाधि विजेता जेडसनले बेनफिकाबाट ५३ खेल खेलेका छन । जोजे मोउरिन्होले टोटनह्याम सम्हालेपछि जेडसन पहिलो खेलाडीका रुपमा अनुबन्ध भएका छन ।

Post Add 1025X115
Loading...