एफ ए कपकाे ‘रिम्याच’मा युनाइटेड र उल्भ्स खेल्दै

0

एफ ए कपको रिम्याचमा आज म्यानचेस्टर युनाइेटडले उल्भरह्याम्टनसँग खेल्दैछ । युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा हुने खेल नेपाली समय अनुसार राती साढे एक बजेबाट सुरु हुनेछ ।

पछिल्ला पाँच खेलमा जितविहिन रहेको युनाइटेड र उल्भ्सले तेस्रो चरणमा यसअघि बराबरी भएपछि फेरी खेलाउन लागिएको हो । आजको खेलमा युनाइटेडका सेन्टर हाफ खेलाडी एरीक बेली खेल्ने बताइएपनि अन्तिममा टिममा नहुने भएका छन । घुँडाको चोटका कारण उनी टिम बाहिर रहेका छन । यस्तै एस्ले योङ जो इन्टर मिलान जाने तयारीमा रहेका छन, उनीपनि आजको खेल गुमाउने भएका छन ।

उल्भ्सका पनि डियोगो जोटा, बु्रनो र्जोडाओ र वेली बोलीले आज खेल्नेछैनन् ।

उल्भ्स विरुद्ध युनाइटेड पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन । जसमा तीन बराबरी र दुईमा हार ब्यहोरेको छ । अन्तिम पटक युनाइेटडले २०१२ मा पाँच शुन्यको जित निकालेको थियो ।

अवे खेलमा उल्भ्सले पछिल्ला १० खेलमा जित हात पार्न सकेको छैन । उसले वल्र्ड ट्राफोर्डमा दुई बराबरी र आठ खेलमा हार ब्यहोरेको छ । सन् २०१२–१३ पछि युनाइेटडले पहिलो पटक एफ ए कपको तेस्रो चरणको खेल फेरी खेल्न लागेको हो । उल्भ्सले एफ ए कपको तेस्रो चरणमा खेलेका १० रिप्ले खेलमा नौ मा पराजित भएको छ ।

Post Add 1025X115
Loading...