सन्दीपको टिम मेलबर्नले भोलि पर्थसँग खेल्दै

0

बिग ब्यास लिगमा भोलि नेपाली खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले पर्थ सोचर्ससँग खेल्दैछ ।

पर्थमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा हुनेछ । जारी लिगमा ९ खेलमा ८ मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्न आफ्नो लयलाई कायम राख्न चाहन्छ ।

जारी लिगमा ८ खेलमा ९ विकेट लिएका सन्दीप भोलिको खेलमा पर्ने प्रबल सम्भावना रहेको छ । अघिल्लो खेलमा एक विकेट लिएका सन्दीप जारी लिगमा एक खेलका मात्र बेन्चमा बसेका छन् ।

मेलबर्न स्टार्सले ९ खेलमा ८ मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको छ । यी दुई टिम भएको पछिल्लो ५ खेलमा सबैजना पर्थ विजयी भएको छ । भोलि मेलबर्नलाइ लगातारको हारको बदला लिने मौका रहेको छ । जारी लिगमा पर्थ तेस्रो स्थानमा रहेको छ।

Post Add 1025X115
Loading...