कम इनिङमा पाँच हजार रन पुरा गर्ने वार्नर चाैथाे खेलाडी

0

अष्ट्रेलियन ओपनर डेविड वार्नर कम खेलमा पाँच हजार रन पुरा गर्ने चौथो खेलाडी बनेका छन । उनले एक सय १५ इनिङमा पाँच हजार रन पुरा गरेका छन ।

भारतविरुद्धको पहिलो एक दिवसिय खेलमा १० रन जोडेपछि उनले यो आँकडा पुरा गरेका हुन । उनी कम खेलमा पाँच हजार रन बनाउने पहिलो अष्ट्रेलियन खेलाडी पनि बनेका छन ।

एकविदसीय क्रिकेटमा सर्बाधिक ५ हजार रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा दक्षिण अफ्रिकी पूर्वक्रिकेटर हसिम अमला छन् । उनले १०१ इनिङ्समा ५ हजार रन पूरा गरेका थिए । यस्तै यो सूचीको दोस्रो स्थानमा वेष्ट इन्डिजका पूर्वक्रिकेटर भिभ रिचर्ड्स छन् । उनले ११४ इनिङ्समा ५ हजार रन बनाएका थिए ।

सर्बाधिक ५ हजार रन बनाउने खेलाडीको सूचीमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली तेस्रो स्थानमा छन् । उनले पनि ११४ इनिङ्समै ५ हजार रन पूरा गरेका थिए ।

यो सूचीको पाँचौ स्थानमा इंग्ल्याण्डका जो रुट, छैटौंमा वेष्ट इन्डिजका ब्रायन लारा, सातौं स्थानमा शिखर धवन, आठौंमा केन विलियम्सन रहेका छन् ।

Post Add 1025X115
Loading...