पहिलो एक दिवसीय क्रिकेटमा भारतले अस्ट्रेलियालाई दियो, २५६ रनको लक्ष्य

0

काठमाडौं, २९ पुस । अस्ट्रेलियाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली भारतले २५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले सुरुआत भने राम्रो गर्न सकेन । १३ रन हुँदा पहिलो विकेटको रुपमा रोहित शर्मा आउट भएका थिए । १० रन बनाएका रोहितलाई मिचेल स्टार्कले आउट गरेका थिए ।

त्यसपछि शिखर धवन तथा केएल राहुलले भारतको इनिङ्स उकास्ने प्रयास गरेका थिए । यी दुईकाबीचमा १२१ रनको साझेदारी भएको थियो । राहुल व्यक्तिगत ४७ रन बनाएर आउट भए । उनलाई एस्टोन अगरले आउट गरेका थिए ।

तेस्रो विकेटको रुपमा धवन ७४ रन बनाएर आउट भए । उनलाई पेट कम्युनले आउट गर्दै अस्ट्रेलियालाई खेलमा फर्काएका थिए ।
कप्तान विराट कोहली भने १६ रन जोडेका बेला जाम्पाको बलमा आउट भएका थिए।

श्रियस एय्यर भने ४ रन बनाए आउट भए । ऋषभ पन्त र रविन्द्र जडेजाले ४९ रनको साझेदारी गर्दै २०० रन कटाएका थिए । जडेजा २५ रन बनाउँदै छैटौं विकेटको रुपमा आउट हुँदा त्यस लगत्तै पन्त पनि २८ रन बनाएर पेभेलियन फर्किए ।

कुलदीप यादव १७ रनमा रन आउट हुँदा सार्दुल ठाकुर १३ रनमा आउट भए । १० रन बनाएका मोहम्मद सामी आउट भएसँगै भारत ४९.१ ओभरमा २५५ रनमा रोकियो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिँदा पेट कमिन्स र केन रिचर्डसनले दुई दुई विकेट लिए ।

Post Add 1025X115
Loading...