‘बुसफायर’ काे असर अष्ट्रेलियन ओपन टेनिसमा

0

अष्ट्रेलियामा लागेको बुसफायरको असर अष्ट्रेलियन ओपन टेनिसमा परेको छ ।

प्रतियोगिताको छनोट चरणको खेलमा स्लोभानीयाकी डालीला जाकुपोभिकले खेलका दौरान आफुलाई श्वास फेर्न कठिन भएको भन्दै रिटायर्ड भएकी थिइन ।

विश्व बरियतामा १८० औं स्थानमा रहेकी डालीला स्विस खेलाडी स्टेफानी भोगिलीसँगको खेलमा ६–५ र ५–६ को अवस्थामा खेलिरहदा अचानक समस्या देखिएको थियो । उनले पछि खेल नै परित्याग गरिन ।

मेलबर्नमा बुसफायरका कारण मौसममा खराव हावा रहेको वाताबरणविधले जनाएका छन । उनले खेलपछि आफ्नो लागि निकै कठिन भएको र यो पहिलो पटक भएको बताइन ।

खराव गुणस्तरको हावाका कारण प्रतियोगितामा मंगलबारको छनोट चरणको खेल एक घण्टा सारिएको थियो ।

Post Add 1025X115
Loading...