त्रिभुवन आर्मी र संकटा १-१ गाेलकाे बराबरीमा

0

सहिद स्मारक ए डिभिजन लिगमा अहिले विभागिए टिम त्रिभुवन आर्मी र संकटा क्लव विच प्रतिस्पर्धा भइरहेको छ ।

दशरथ रंगशालामा जारी खेलमा आर्मी र संकटा एक एक गोलको बराबरीमा खेलिरहेका छन । खेलको २९ औं मिनेटमा आर्मीले गोल गर्यो । उसका लागि नवयुग श्रेष्ठले हेडर गोल गरे ।

एक गोलले पछि परेको संकटाले ३८ औं मिनेटमा बराबरी गर्ने मौका पाएका थिए । तर सुवास गुरुङको कर्नरमा इरनेस्ट टाम्पेको प्रहारलाई आर्मीका सन्तोष तामाङले बचाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफको सुरुवातमा नै दश खेलाडीमा झर्न पुग्यो । खेलको ५४ औं मिनेटमा आर्मीका युद्ध शाही दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरीए । उनले लक्ष्मण रुचाललाई खराव ट्याकल गर्दा दोहोरो पहेलो कार्ड पाएको थिए ।

त्यसको लगत्तै संकटाले पेनाल्टीको अवसर पायो । डिबक्समा सुमन अर्यालले हातले बल छोएपछि पाएको पेनाल्टीलाई संकटाका अमित तामाङले गोल गर्न सफल भए । जसका कारण खेल एक एक गोलको बराबरीमा पुग्यो ।

Post Add 1025X115
Loading...