शीर्ष स्थानको होडमा रहेको आर्मीलाई नवयुगको गोलले अग्रता

0

काठमाडौं, २९ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी र संकटा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । दशरथ रंगशालामा जारी प्रतिस्पर्धामा पहिलो हाफमा विभागीय क्लब आर्मीले अग्रता लिएको छ ।

छैटौं चरणको अन्तिम खेलसँगै शीर्ष स्थानमा उक्लने होडमा रहेको आर्मीले नवयुग श्रेष्ठको गोलको मद्दतले अग्रता लिएको हो । नवयुगले २९ औं मिनेटमा फ्रिकीक मार्फत आएको बेललाई हेड गर्दै गोल गरेका थिए ।

Post Add 1025X115
Loading...