डँढेलोका कारण अष्ट्रेलियन ओपनको छनोट प्रतियोगिता प्रभावित

0

डँढेलोका कारण प्रदुषण भएपछि अष्ट्रेलियन ओपनको मंगलबार तय भएको अभ्यास सत्र रद्द भएको छ । अष्ट्रेलियाका विभिन्न स्थानमा जारी डँढेलोको धुवाँ हावामा मिसिएको छ ।

मेलबर्नमा हुने प्रतियोगिताका लागि छनोट प्रतियोगिता पनि एक घण्टा पछि सारिएको छ । अयोजकले स्थितीमा सुधार आइरहेको जनाएको छ ।

स्थानीय समय अनुशार एघार बजेदेखि छनोट खेल संचालन हुनु पर्ने थियो । मेलबर्नको एयर क्वालीटी इन्डेक्स २२९ पुगेको छ, जुन निकै खराब हो ।

‘हाम्रो लागि खेलाडी, अफिसियल र फ्यानहरुको स्वास्थ्य पहिलो प्राथमिकता हो,’ आयोजकले ट्वीटरमा लेखेको छ ।

अष्ट्रेलियन ओपन अर्को सातादेखि मेलबर्नमा सुरु हुँदैछ ।

Post Add 1025X115
Loading...