बार्सिलोनाद्वारा प्रशिक्षक भाल्भार्डे बर्खास्त

0

स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्तो भाल्भार्डेलाई बर्खास्त गरेको छ । उनको स्थानमा रियल बेटिसका प्रशिक्षक क्वीके सेटिनलाई नियुक्त गरेको छ ।

अघिल्ला दुई सिजनको ला लिगा जिताएपनि अन्य प्रतियोगिताहरुमा बार्सिलोनाले उल्लेख्य प्रदर्शन गर्न सकेको थिएन । उनको प्रशिक्षणमा बार्सिलोना फाइनलमा पुग्न सकेको छैन । त्यस्तै यो सिजनमा पनि कमजोर टिमसँग पनि खराब नतिजा निकालेको छ ।

सोमबार साँझ बसेको बैठकले भाल्भार्डेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

उनको स्थानमा ६१ वर्षे सेटिनलाई नियुक्त गर्ने निर्णय पनि सोमबारकै बैठकले गरेको हो ।

Post Add 1025X115
Loading...