डाकार र्‍यालीमा दुर्घटना हुँदा प्रतिष्पर्धी चालकको मृत्यू

0

डाकार र्‍यालीका क्रममा पोर्चुगिज मोटरबाइक चालक पाउलो गोन्काल्भेस मृत्यू भएको छ । साउदी अरेवियामा जारी डाकार र्‍यालीको सातौं चरणमा उनको दुर्घटना भएको थियो ।

सातौं चरणको २७६ किलोमिटर पार गरेपछि उनी दुर्घटनामा परेका थिए । दुर्घटनाको लगत्तै उनलाई हेलिकोप्टरबाट अस्पताल पुर्‍यइएको थियो । उपचारका क्रममा हृदयघात भएपछि उनको मृत्यू भएको डाकार र्‍यालीका आयोजकले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘डाकारका सम्पूर्ण टिम उनको मृत्यूमा श्रद्धाञ्जली ब्यक्त गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

डाकार र्‍याली कुनै बेला पेरिस देखि सेनेगलको डाकार सम्म साहारा मरुभूमीमा प्रतिष्पर्धा हुुने गर्दथ्यो । तर, सुरक्षाका कारण पछिल्लो एक दशक दक्षिण अमेरिकामा यो प्रतिष्पर्धा गराइयो । साउदी अरेवियामा भने पहिलो पटक आयोजना भएको हो ।

१२ चरणको र्‍यालीमा मोटरसाईकल, कार, ट्रक जस्ता साधनहरुमा प्रतिष्पर्धा हुँदै आएको छ । यो प्रतिष्पर्धामा दुई पटकका फर्मुला वान च्याम्पियन फर्नाण्डो अलोन्सोले पनि सहभागिता जनाएका छन् ।

यसअघि सन् २०१५ मा पनि पोल्याण्डका मोटरसाइकल चालक मिचल हेर्निकको पनि मृत्यू भएको थियो ।

Post Add 1025X115
Loading...