आईपीएलमा ‘पर्पल क्याप’ जीत्न सक्ने सम्भावित ५ खेलाडी!

0

आईपीएलको यो सिजन मार्च २९ तारिखदेखि शुरहुँदैछ । टी २० क्रिकेट पछिल्लो समय आक्रामक बलिङ र ब्याटिङका कारण पछिल्लो समय लोकप्रिय बनेको छ । बलरहरु कसरी विकेट लिने ध्याउन्नमा हुन्छन् भने ब्याटिङ गर्नेहरु कसरी धेरै रन बनाउने भनेर क्रिजमा डट्ने गर्छन् ।

यस वर्ष आइपीएल २०२० मा पनि सबै टीममा टी–२० का सर्वश्रेष्ठ बलरहरु छन् । आईपीएल खेल्ने हरेक बलरको सपना ‘पर्पल क्याप’ जीत्ने हुन्छ ।

आईपीएल २०२० मा पर्पल क्याप आफ्नो नाममा पार्न सक्ने ५ बलरहरु
१ः जसप्रीत बुमराह (मुम्बई इण्डियन्स)


टी–२० क्रिकेटमा विश्वको पहिलो स्थानमा रहेका बलर जसप्रीत बुमराह मुम्बई इण्डियन्सबाट खेल्छन् । उनी ‘इन्टरनेशनल क्रिकेटर अफ द इयर’ पुरस्कारबाट सम्मानित पनि भएका छन् । आईपीएलको बारेमा कुरा गर्दा, बुमराहले मुम्बई इण्डियन्सलाई आईपीएलको सबैभन्दा सफल टीम बनाउनमा ठूलो योगदान दिदै आएका छन् । अहिलेसम्म बुमराहले आईपीएलमा ७७ खेल मुम्बईका लागि खेलेका छन् ८२ विकेट लिएका छन् र सबैभन्दा ठूलो ७.५५ को औसतमा रन दिएका छन् ।
अहमदाबादका तीव्र गतिका बलर जसप्रीत पावरप्लेका ओभरमा विकेट लिनुका साथै डेथ ओभरमा मिसाइल योर्कर चलाउनका लागि परिचित छन् । त्यसकारण, बुमराह आईपीएल २०२०मा प्रतिष्ठित पर्पल क्याप जित्ने दौडमा सबैभन्दा प्रवल दावेदार हु्न् ।

२ः पेट कमिन्स (कोलकाता नाइट राइडर्स)


आईपीएल २०२० अक्सनमा कोलकाता नाइट राइडर्स टोलीका लागि १५.५ मिलियनको अधिक रकममा खरिद गरिएको पेट कमिन्सको नजर यस वर्षको आईपीएलमा हुनेछ । यति ठूलो रकम लिए पछि, कमिन्स पनि राम्रो प्रदर्शन गर्ने दबावमा हुने देखिन्छ ।

हालका भारतीय कप्तान विराट कोहली मात्र आईपीएल २०२० मा कमिन्स भन्दा बढी रकम पाउने खेलाडी हुन् जसलाई आरसीबीले १७ करोड दिएका छन् ।

अस्ट्रेलियाका लागि निरन्तर राम्रो प्रदर्शन गर्ने कमिन्स आईपीएलमा पनि आफ्नो यस लय कायम राख्न चाहन्छन् ।

३ः राशिद खान (सनराइजर्स हैदराबाद)

टी–२० क्रिकेटमा हालैमा बिग ब्याश लिगमा भर्खर तेस्रो ह्याट्रिक लिएका राशिद खानले आईपीएल २०२०मा पर्पल क्याप प्राप्त गर्र्न कुनै प्रयास छोड्ने छैनन् । उनले अहिलेसम्म आईपीएलमा ४६ खेलमा मात्र ६.५५ को औसतमा ५५ विकेट लिएका छन् र हैदराबादका लागि ब्याट्ङिमा पनि महत्वपूर्ण इंनिङ्स खेलेका छन् ।

४ः कगिसो रबाडा (दिल्ली कैपिटल्स)

२०१९ सालमा दिल्ली क्यापिटल्सका लागि राम्रो बलिङ गर्ने कगिसो रबाडा यस वर्ष पनि आईपीएल मा आफ्नो फास्ट र घातक बलिङ्गको मद्धतले ब्याटसम्यानलाई पवेलियनको बाटो देखाउने प्रयास गर्नेछन् ।
२०१९ सालमा दिल्लीका सफताकालागि रबाडाले मुख्य भूमिका निभाएका थिए । उनले २०१९ मा दिल्लीको लागि १२ खेलमा ७.८२ को औसतमा २५ विकेट लिएका थिए ।

५ः जोफ्रा आर्चर (राजस्थान रोयल्स)

इंल्यान्डका क्रिकेटर जोफ्रा र बेन स्टोक्सलाई विश्वकपका महानायकका रुपमा हेर्ने गरिन्छ । २०१९ मा राजस्थानका लागि आईपीएल खेलेका आर्चरका लागि सीजन धेरै उत्कृष्ट रहेको थियो र उनले २०१९ मा ११ खेलमा ६.७९ को औसतमा ११ विकेट आफ्नो नाममा गरे । यस वर्ष पनि राजस्थानले उनीबाट राम्र्रो प्रदर्शनको आशा रहेको छ र राजस्थानका लागि आर्चरको राम्रो प्रदर्शनको आवश्यक्ता छ । आर्चर पनि यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै पर्पल क्याप जित्ने लक्ष्यमा रहेका छन् ।

 

आईपीएलका ‘वरेन्ज’ क्यापका दावेदार चार खेलाडी!

Post Add 1025X115
Loading...