टी-२० खेलमा अभ्यस्त खेलाडीका लागि लामाे इनिङ खेल्ने चुनाैती (भिडियाे)

0

नेपालले अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाएपछि दोस्रो पटक अन्तराष्ट्रिय सिरीज खेल्न लागेको छ । करिव एक बर्ष अगाडी यूएई विरुद्ध तीन एकदिवसिय सिरीज जितेपछि नेपाली क्रिकेट टिमले अर्को सिरीज खेल्न पाएको थिएन ।

यो सिरीजका लागि नेपाल क्रिकेट संघले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । जसमा काठमाडौंमा ११ खेलाडीमात्र समावेश थिए । बाँकी खेलाडी एमएम कप क्रिकेटमा ब्यस्त रहेकाले सोझै पोखरामा क्याम्पमा समावेश हुने बताइएको छ ।

यहि २४ खेलाडीबाट अन्तिम १५ खेलाडीको छनोट हुनेछ । टिमका मुख्य प्रशिक्षक नेपाल बाहिर रहेकाले यतिबेला टिमलाई पूर्व मुख्य प्रशिक्षक जगत टमाटाले सघाइरहेका छन । नेपाली टिमले यो सिरीजको तयारी करिव एक साता पोखरामा गर्नेछ । जहाँ नेपालले मलेसियासँग अभ्यास खेल खेल्नेछ ।

नेपाली खेलाडी पछिल्लाे पटक छाेटाे फरम्याटमा बढि अभ्यस्त रहेका छन । ५० अाेभरकाे खेल निकै कम खेलेका नेपाली खेलाडीका लागि लामाे फरम्याटमा राम्राे गर्ने चुनाैती रहेकाे छ ।

हेरौ कीर्तिपुरमा नेपालको तयारी

Post Add 1025X115
Loading...