इपीएलमा चितवन टाइगर्सबाट खेल्ने बिदेशी खेलाडी…

0

आसन्न एभरेष्ट प्रिमियर लिग इपीएलका लागि चितवन राइनोजले चार जना विदेशी खेलाडीलाई फाइनल गरेको छ । जसमा अघिल्लो सिजनमा चितवनबाट खेलेका पउल स्ट्रलिङसँगै अफगानिस्तानका विस्फोटक खेलाडी मोहम्मद सहजाद, आयरल्याण्डका मार्क अडायर र श्रीलंकाका सिकुगी प्रसन्ना रहेका छन ।

मार्क रिचार्ड अडायर

आयरल्याण्डका मार्क रिचार्ड अडायरलाई पनि चितवनले यसपटकको इपीएलमा टिममा लिएको छ । आयरल्याण्डको राष्ट्रिय टिमबाट खेल्दै आएका मार्क इंग्ल्याण्डमा काउन्टी क्रिकेट खेल्दै आएका छन । उनी इंग्ल्याण्डको वारविसेयर क्रिकेट क्लवबाट काउन्टी खेल्छन । २०१९ को मे महिनामा आयरल्याण्डबाट एकदिवसिय क्रिकेटमा डेब्यु गरेका उनले २०१६ मा आयरल्याण्ड टिमबाट पहिलो पटक खेलेका थिए ।

उनले अहिलेसम्म एक टेष्ट खेलेका छन । जुन इंग्ल्याण्ड विरुद्ध लर्डसमा थियो । यस्तै नौ वटा एक दिवसिय खेल खेलेका छन । जसमा उनले एक सय १७ रन बनाएका छन । टेष्टमा उनले ११ रन बनाएका छन । १७ वटा टी २० खेलेका मार्कले एक सय ५२ रन बनाएका छ । उनी चितवनमा पउल स्ट्रलिङको सल्लाहमा आएका हुन ।

यस्तै बलिङमा पनि उनले टेष्टमा ६ विकेट लिएका छन भने एकदिवसियमा १५ र टी २० मा राष्ट्रिय टिमबाट २७ विकेट लिएका छन । उनले हालै भएको टी २० विश्वकप छनोटपनि खेलेका थिए । जसमा उनी आयरल्याण्डबाट सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले प्रतियोगितामा १२ विकेट हात पारेका थिए ।

सिकुगी प्रसन्ना

यस्तै चितवनले ल्याउन लागेको अर्का खेलाडी हुन सिकुगी प्रसन्ना । श्रीलंकन यी खेलाडी एक आर्मीमा काम गर्ने खेलाडी हुन । विस्फोटक ब्याटिङ गर्न सक्ने प्रसन्ना लेग स्पिनर पनि हुन ।

प्रसन्नाले सन् २०११ मा श्रीलंकाको टेष्ट टिममा डेब्यु गरेका थिए । जुन अष्ट्रेलिया विरुद्ध थियो । सोहि सिरीजमा उनले एकदिवसियमा पनि डेब्यु गरेका थिए । २०१५ को विश्वकपमा उनी टिममा नभएपनि पछि दिमुथ करुनारत्नेको स्थानमा उनलाई टिममा बोलाइएको थियो । जसमा उनले विश्वकपमा पहिलो खेल स्टकल्याण्डसँग खेलेका थिए ।

उनले राष्ट्रिय टिमबाट ४० एकदिवसिय खेल खेलेका छन । जसमा चार सय २१ रन बनाएका छन भने ३२ विकेट लिएका । एकदिवसियमा उनको उच्च स्कोर ९५ रन रहेको छ । यस्तै उनले २० वटा टी २० खेल खेलेका छन । जसमा २१४ रन बनाउनुका साथै १० विकेट लिएका छन ।

इपीएल खेल्न राजीभएका उनको टी २० राम्रा हिटरका रुपमा चिनिन्छन । उनी एकदिवसिय क्रिकेटमा दुई सय भन्दा बढिको स्ट्राइक रेटमा दुई वटा अर्धशतक बनाउने तेस्रो खेलाडी हुन ।

मोहम्मद सहजाद

यसपटक नेपालमा खेल्न आउने विग स्टार मध्येका एक सहजादले अफगानिस्तानको टिमबाट दुई टेष्ट, ८४ एकदिवसिय, ६५ टी २० खेलिसकेका छन ।

जसमा उनले दुई टेष्टमा ६९ रन, ८४ एकदिवसियमा दुई हजार सात सय २७ रन बनाएका छन । जसमा १३१ उच्च स्कोर छ । यस्तै टी २० मा उनले ६५ खेलमा १९३६ रन बनाएका छन । जसमा उच्च स्कोर ११८ रन रहेको छ ।

पछिल्लो पटक उनले आबुदावीमा भएको टी १० लिग र बंगलादेश प्रिमियर लिगमा रंगपुर राइडर्सबाट खेलेका थिए । इपीएलका लागि चितवनले अष्ट्रेलियन प्रशिक्षक चाल्र्स बुर्कीलाई ल्याउने भएको छ ।

पउल स्ट्रलिङ

चितवनले अघिल्लो संस्करणमा खेलाएका पउल स्ट्रलिङलाई पनि टिममा अनुबन्ध गरेको छ ।

दुबै खेलाडी नेपाल आउने पक्का छ । चितवनले विदेशी खेलाडीमा अघिल्लो सिजनमा खेलेका इंग्ल्याण्डका खेलाडी जोन सिमसोन र जर्ज स्कटलाई यसपटक नल्याउने भएको छ ।

आयरल्याण्डका विस्फोटक ओपनर पउललाई चितवनले दोहोर्याउन लागेको हो । उनले अघिल्लो सिजनको इपीएलमा ६ खेलमा एक सय ५७ रन बनाएका थिए । जसमा उनको उच्च स्कोर ५५ रन थियो ।

 

Post Add 1025X115
Loading...