खिलध्वजले जिते घोडचढीकाे उपाधि

0

नेपाल घोडचढी संघको आयोजनामा आज सम्पन्न छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता अन्तर्गत हाइजम्प तर्फको स्वर्ण पदक खिलध्वज खड्काले जितेका छन् ।

टुँडीखेलमा आज भएको प्रतियोगितामा गणेश नाम गरेको घोडा चढेका खिलध्वज पहिलो भएका हुन् । उनले सम्मोहन घोडामा सवार रामबहादुर दाहाललाई पछि पार्दै स्वर्ण जिते । आकांक्षा नाम गरेको घोडा चढेका सविन कुमार पोखरेल तेस्रो भए ।

शो जम्प तर्फ देवकी नामक घोडा सवार योगबहादुर बस्नेत पहिलो, लमजुङ नाम गरेको घोडा चढेका लालबहादुर कुँवर दोस्रो र सम्मोहन नाम गरेको घोडा चढेका रामबहादुर दाहाल तेस्रो भए । प्रतियोगिताको अर्को विधा टेन पेकिङमा रुद्रबहादुर कार्की पहिलो भए । उनले गोविन्द बहादुर खड्का दोस्रो र लक्ष्मण रावल तेस्रो भए ।

प्रदर्शनी खेल अन्तर्गत महिला राइडरहरुलाई प्रोत्साहन वापत जनही पाँच हजार प्रदान गरिएको थियो । यसरी पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहेका थिए । यस प्रतियोगितामा २६ राइडरको सहभागिता रहेको थियो । सवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई जनही २० हजार, १५ हजार र १० हजार पुरस्कार स्वरुप प्रदान गरियो ।

यसैबीच पत्रकारिताका माध्यमबाट खेलकुदमा योगदान पु¥याएका वरिष्ट खेल पत्रकार श्याम चित्रकारलाई लाईफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । ७८ वर्षे श्याम चित्रकार नेपाल टेलिभिजनका पहिलो क्यामरा पर्सन हुनुहुन्छ ।

Post Add 1025X115
Loading...