ए डिभिजन लिगमा शनिबारदेखि छैटौं चरणको खेल, कहाँ कति बजे जानी राखौं

0

काठमाडौं, २५ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबारदेखि शुरुहुँदै छ । पाँचौं चरणका जस्तै छैटौं चरणका खेलहरु सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।

पाँचौं चरणको समाप्तिसँगै विभागीय क्लब त्रिभुवन आर्मी शीर्ष स्थानमा छ । चार खेलमा जित र एक खेलमा पराजित भएको आर्मी १२ अंकसहित शीर्ष स्थानमा रहँदा अपराजित रहेका मनाङ मस्र्याङ्दी र मछिन्द्र क्रमश ११ र १० अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै ३ खेलमा जित, एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको थ्रीस्टार १० पनि १० अंकसहित चौथो स्थानमा रहेको अर्को अपराजित टिम जावलाखेल ९ अंकसहित पाँचौं स्थानमा रहेको छ । जावलाखेलले २ खेलमा जित र तीन खेलमा बराबरी गरेको छ ।

अहिलेसम्म पाँचौं चरणको खेल सकिँदा एक खेलमा मात्रै जितको स्वाद चाख्ने टिममा एपीएफ र च्यासल मात्रै छन् भने हिमालयन शेर्पा, फ्रेण्ड्स र सरस्वतीले जीतको स्वाद चाख्न पाएका छैनन् ।

शेर्पा र फ्रेण्ड्सले बराबरी गर्दै क्रमश तीन र दुई अंक तालिकामा अंक जोडे पनि सरस्वतीले अहिलेसम्म खाता नै खोल्न सकेको छैन् । प्रतियोगिता अन्तर्गत शनिबार छैटौं चरणको पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुने छन् । यी दुवै टिम अपराजित छन् । शनिबारको खेलमा मछिन्द्र विजयी भए केहीबेरका लागि शीर्ष स्थानमा उक्लने छ भने जावलाखेल विजयी भए दोस्रो स्थानमा पुग्ने छ । साथै तीन जना खेलाडी कारबाहीमा परेकाले मछिन्द्रलाई केही असहज भने हुने छ ।

मनाङविरुद्धको खेलमा भएको झडपका कारण मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल कारबाही स्वरुप सातौं चरणको खेल पनि गुमाउने छन् ।

दोस्रो खेलमा दिउँसो ३ बजे दोस्रो स्थानको मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पा आमने सामने हुने छन् । मनाङ विजयीहुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै तीन अंकको खोजिमा हुने छ ।

शेर्पाले अहिलेसम्म जित निकाल्न पाएको छैन् । तर मनाङका तीन मुख्य खेलाडी भने अनुशासनको कारबाहीमा परेका छन् । जगजीत श्रेष्ठ र अशोक बराल दुवैले शनिबारको सहित पाँच खेल गुमाउँदा रञ्जन विष्टले २ खेल गुमाउने छन् ।

छैटौं चरणका खेलहरुमा को काे भिड्दै ?

पुस २६ गते जावलाखेल भर्सेस मछिन्द्र १२ बजे दशरथ रंगशाला
पुस २६ गते मनाङ भर्सेस हिमालयन शेर्पा ३ बजे दशरथ रंगशाला

पुस २७ गते फ्रेण्ड्स भर्सेस थ्रीस्टार १२ बजे दशरथ रंगशाला
पुस २७ गते ब्रिगेड ब्वाईज भर्सेस सरस्वती ३ बजे दशरथ रंगशाला

पुस २८ गते एनआरटी भर्सेस नेपाल पुलिस १२ बजे दशरथ रंगशाला
पुस २८ गते च्यासल भर्सेस एपीएफ ३ बजे दशरथ रंगशाला

पुस २९ गते संकटा भर्सेस त्रिभुवन आर्मी ३ बजे दशरथ रंगशाला

Post Add 1025X115
Loading...