छोटो समयमा नै अधिक चर्चा बटुल्ल्न सफल ३ बिदेशी युवा क्रिकेटर

0

अन्तर्राष्ट्रिय क्रिकेटले अधिकंश समय आफ्नो रोमाञ्चकतालाई प्रस्तुत गर्दै आइरहेको छ । हालका केही अनुभवी खेलाडीहरुले आफ्ना दर्शकहरुको मन जितेका छन् भने केही नयाँ युवा खेलाडीहरुले पनि आफ्नो प्रदर्शनको माध्यमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेखनीय स्थान बनाएका छन् ।

कम समयमा नै अन्तराष्ट्रिय स्तारमा चर्चा कमाउन सफल ३ युवा खेलाडीहरु

१ः मार्नस लेबुसेन

अष्ट्रेलियाका ब्याट्सम्यान मार्नस लेबुसेनले २०१८ मा पाकिस्तानबिरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । लाबुसेन आजकाल एक खेल विजेता खेलाडीका रुपमा उभिएका छन् । लाब्ुसेनको अन्तर्राष्ट्रि क्रिकेट करियरमा १४ टेस्ट खेलमा ६३.४३ को औसतमा १४५९ रन बनाएका छन् । जसमा ४ शतक र ८ अर्धशतक पनि समावेश छ । उक्त समयमा उनले ३.६८ को औसतमा १२ विकेट पनि लिएका छन् ।
२५ वर्षीय ब्याट्सम्यानका लागि २०१९ साल काफी शानदार रहेको छ र उनी टेस्ट खेलका एक उत्कृष्ट ब्याट्म्यानका रुपमा स्थापित भएका छन् ।

२ः जोफ्रा आर्चर


इंल्यान्डका फास्ट बलर जोफ्रा आर्चर आईपीएल पछि चर्चित भएका थिए । त्यसपछि उनले आएरल्यान्डबिरुद्ध ३ मे २०१९ मा आफ्नो एकदिवसीय डेब्यू गर्ने मौका पाए । यसपछि उनले इंल्यान्डको विश्वकप टीममा आफ्नो स्थान बनाए र टिममा विश्वकप जित्नुमा मूख्य भूमिका निभाए ।
जोफ्रा आर्चरका लागि २०१९ कुनै सपना भन्दा कम रहेन । उनले २०१९ मा ७ टेस्ट खेलमा २७.४० को औसतमा ३० विकेट लिए, १४ एकदिवसीय खेलमा ४.६३ को औसतमा २३ विकेट लिए र एकमात्र टी–२० अन्तर्राष्ट्रिय खेलमा ७.२५ को औसतमा २ विकेट लिए ।

३ःसाम करन


इंल्यान्डका युवा अलराउन्डर खेलाडी साम करनले १ जून २०१८ मा पाकिस्तान बिरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । अहिलेसम्म साम करनको करियरको बारेमा कुरा गर्दा उनले १५ टेस्ट खेलमा २७.४७ को औसतमा ६३२ रन बनाए । यस बाहेक, उनले दुई एकदिवसीय खेलहरुमा ८.५ को औसतमा १७ रन र ५ टी–२० खेलमा ११.६६ को औसतमा ३५ रन बनाएका छन् । यसका साथै उनले टेस्ट खेलमा ३५ विकेट, एकदिवसीय क्रिकेटमा २ विकेृट र टी–२० खेलमा ६ विकेट लिएका छन् ।

Post Add 1025X115
Loading...