बिग ब्यास लिगमा रेनेगेड्सबिरूद्ध सन्दिपकाे २ विकेट

0

विग ब्यास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानले मेलबर्न रेनेगेट्स विरुद्ध सन्तोषजनक बलिङ गरेका छन् । अघिल्लो खेलमा विकेट विहिन बनेका सन्दिपले शुक्रबार चार ओभरमा ३९ रन खर्चिएर २ विकेट हात पारे ।

छिमेकी टिमविरुद्ध सन्दिप लामिछानेले पहिलो ओभरमा ११ रन दिएका छन् । टिमको नबौ तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै छक्का खान पुगे । त्यसपछि दोस्रो र तेस्रो बलमा एक एक रन दिएका उनले चौथो बल डट फाले । त्यसपछि पाँचौ बलमा दुई रन दिएका उनले अन्तिम बलमा एक रन खर्चिए ।

टिमको १२ औं तथा ब्यक्तिगत दोस्रो ओभर लिएर आएका उनले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा पनि उनले एक रन खर्चिदा तेस्रो बल डट फाले । तर चौथो बलमा सन मार्सले छक्का प्रहार गरे ।

पाँचौ बल डट फालेका सन्दिले अन्तिम बलमा चौका खान पुगे ।

तेस्रो ओभरमा सन्दिपले पहिलो बल डट फालेका थिए भने दोस्रो बलमा दुई रन दिए । तेस्रो बलमा उनले सन मार्सको विकेट लिन सफल भए । उनलाई सन्दिपले ६३ रनमा पेभेलियन फर्काए । त्यसपछि सन्दिपले बाँकी तीन बल डट फाले ।

ब्यक्तिगत चौथो ओभरमा उनले  १ विकेट लिए । उनले चौथो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भए । उनले वियू वेबस्टरलाई २५ रनमा पेभेलियन फर्काए । त्यसपछि दोस्रो बलमा एक रन खर्चिएका उनले तेस्रो बलमा पनि बेन कुपर विरुद्ध एलबीडब्लुको अपिल गरेका थिए ।

त्यसपछि पाँचौ बल डट फालेका सन्दिपले अन्तिम बलमा एक रन दिए । योसँगै उनले जारी बिग ब्यासमा विकेट संख्या ८ पुर्‍याएका छन् ।

भिडियाे रिपाेर्ट

Post Add 1025X115
Loading...