२०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिन सक्ने महान तीन क्रिकेटर

0

टी २० विश्वकप यस वर्ष आयोजना हुने छ र हरेक वर्ष जस्तै विश्वको सबैभन्दा ठूलो टी–२० लीग आईपीएल पनि आयोजना हुने छ । यस वर्ष क्रिकेटको रोमाञ्चले भरिपूर्ण हुनेछ र हामी देख्न सक्छौं धेरै नयाँ युवा खेलाडीलहरुले यस वर्ष आफ्नो डेब्यू गर्न सक्छन् । साथै केही पुराना र ठूला खेलाडीहरुले सन्यासको घोषणा गर्न सक्दछन् ।

१ः महेन्द« सिंह धोनी


पूर्व भारतीय कप्तान महेन्द« सिंह धोनीले २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ दिन सक्छन् , १०१९ मा उनले विश्वकप सेमीफइनलमा अन्तिम खेल खेलेका थिए । त्यसबेलादेखि उनी अन्तर्राष्ट्रिय क्रिकेटमा देखा परेका छैनन् । महेन्द« सिंह धोनी टेस्ट भन्दा धेरै पहिले नै रिटायर भइसकेका छन् तर उनले आधिकारिक रुपमा टी–२० र एकदिवसीय क्रिकेटबाट संन्यास लिएको छैन् । जुन तरिकासँग धोनी क्रिकेट बाट टाढाँ जादैछन्, यो भन्नु गलत हुनेछैन कि अब उनको पुन आगमन टीम इण्डियामा गाह्रो छ र उनले आफ्नो संन्यास घोषण गर्न सक्छन् ।

महेन्द« सिंह धोनीको अन्तर्राष्ट्रिय क्यारियरको बारेमा कु्रा गर्दा उनले ९० टेस्ट खेलमा ३८.०९ को औसतमा ४८७६ रन बनाए र एकदिवसीय क्रिकेट क्यारियरमा उनले ३५० एकदिवसीय क्र्रिकेटमा ५०.५७ को औसतमा १०७७३ रन बनाएका छन् । यसै गरी उनले ९८ टी–२० अन्तर्राष्ट्रियमा ३७.६ को औसतमा १६१७ रन बनाएका छन् ।

२ः लसिथ मलिंगा


लसिथ मलिंगाले टेस्ट र एकदिवसीय क्रिकेटबाट आधिकारिक रुपमा संन्यास लिएका छन् । तर उनी अझौ टी–२० खेल खेल्छन् । यस्तो अनुमान गरिएको छ कि मलिगाले आगामी टी–२० विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिन सक्ने खबर आएको छ ।
मलिंगाको क्रिकेट क्यारियरको बारेमा उनले ३० टेस्ट खेलमा ३.८५ को शानदार औसतमा १०१ विकेट लिए भने २२६ एकदिवसीय खेलमा उनले ५.३५ को औसतमा ३३८ विकेट लिए । यसबाहेक, मलिंगाले ८१ अन्तर्राष्ट्रिय टि–२० खेलमा मलिंगाले ७.२७ को औसतमा १०६ विकेट लिएका छन् ।

३ः शोएब मलिक


पूर्वं पाकिस्तानी कप्तान शोएब मलिक पनि २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट रिटायर हुन सक्छन् । उनी विश्वकपपछि एकदिवसीय क्रिकेटबाट संन्यास लिएका थिए । यो वर्षको टी–२० विश्वकप पछि उनी टी–२० क्रिकेटबाट अवकाश लिने सम्भावना रहेको बताइएको छ ।
शोएवको अन्तर्राष्ट्रिय करियरमा उनले ३५.१४ को औसतमा १८९८ रन बनाएका छन् । त्यस्तै गरी २८७ एकदिवसीय खेलमा ३४.५५ को औसतमा ७५३४ रन बनाए । मलिकले अहिले सम्म १११ टी–२० खेलेका छन् जसमा ३०.५८ को औसतमा २२६३ रन बानएका छन् । उनले टेस्ट खेलमा ३२, एकदिवसीयमा १५८ र टी–२० खेलमा अहिले सम्म २८ विकेट लिएका छन् ।

Post Add 1025X115
Loading...