एनबिएल थ्रि बाई थ्रि वेष्टलाई लिनिङ्गको प्रायोजन

0
नेपाल बास्केटबल लिगले पौष २९ गतेदेखि शुरु हुन गइरहेको नेपाल बास्केटबल लिग (एनबिएल) थ्रि बाई थ्रि वेष्टका लागि ख्यातिप्राप्त खेलकुद सामाग्री निर्माण कम्पनी लिनिङ्गलाई मुख्य प्रायोजकको रुपमा भित्र्याएको छ ।

शुक्रबार एक कार्यक्रम मार्फत एनबिएल प्राइभेट लिमिटेडले लिनिङ्ग नेपालसँग एनबिएल थ्रि बाई थ्रि वेष्टको लागि सम्झौता गरेको हो । सम्झौता पत्रमा लिनिङ्ग नेपालका कन्ट्री हेड राजेन महर्जन र एनबिएल प्राइभेट लिमिटेडका अध्यक्ष नमित बहादुर थापाले हस्ताक्षर गरेका थिए ।

लिनिङ्गले सम्झौता बापत एनबिएललाई पाँच लाख नगद र उति नै रकम बराबरको बास्केटबल सामग्रि प्रदान गर्नेछ । प्रतियोगिताको नाम लिनिङ्ग थ्रि बाई थ्रि वेष्ट रहनेछ ।

थापाले लिनिङ्गसँगको सम्झौताले प्रतियोगितामा प्रायोजक पाउनु राम्रो कुरा भएको बताए । “हामीले यसअघि एनबिएल थ्रि बाई थ्रि इस्टको आयोजना गर्दा चारैतर्फ बाट निकै राम्रो प्रतिक्रिया पाएको थियौं । वेष्टमा पनि त्यही अनुसारको प्रतिक्रिया आएको छ । लिनिङ्गको सम्झौताले हामीलाई यो प्रतियोगितालाई अझ व्यवस्थित रुपले अघि बढाउन सहयोग पु¥याएको छ,” थापाले भने ।

एनबिएल थ्रि बाई थ्रि वेष्ट पश्चिमका तीन शहर पोखरा, बुटवल र धनगढीमा हुनेछ । कम्तिमा पनि २० टोलीको सहभागिता रहने पोखरा लेग पौष २९ र ३० गते हुनेछ । बुटवल लेग माघ ४ गते हुनेछ र १४ टोलीको सहभागिता रहनेछ ।

यस्तै धनगढीमा हुने प्रतियोगिता माघ ६ गते हुनेछ । तीन वटै लेगमा फाइनल प्रवेश गर्ने टोली धनगढीमै हुने एनबिएल वेष्टको फाइनलमा माघ ८ र ९ गते भिड्नेछन् । उपाधि बिजेताले ५० हजार र उपबिजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले लिनिङ्गको जुत्ता पनि पाउनेछन् ।

लिनिङ्गका महर्जनले थ्रि बाई थ्रि वेष्टलाई प्रायोजन गर्नु पछाडी कारण रहेको बताए । “नेपाल बास्केटबल लिगले गर्दै आएको यो प्रतियोगिताले नेपाली बास्केटबलको प्रबद्र्धनमा निकै राम्रो काम गरिरहेको छ । प्रतियोगिता नेपालका पश्चिम भागमा लिएर जादा त्यो स्थानका खेलाडीहरुले राम्रो एक्सपोजर पनि पाउनेछन् भने लिनिङ्गले पनि ती स्थानहरुमा बजार स्थापित गर्न सक्छ,” महर्जनले भने ।

एनबिएलले यसअघि थ्रि बाई थ्रि इस्ट पनि गरेको थियो । थ्रि बाई थ्रि इस्ट पुर्व बिराटनगर, धरान र बिर्तामोडमा भएको थियो । एनबिएलले देशको एकमात्र होम एण्ड अवे नेपाल बास्केटबल लिगको दुई संस्करणको आयोजना गरिसकेको छ भने महिला बास्केटबल लिगको पहिलो संस्करणको पनि यसै बर्ष देखि शुरु गरेको थियो ।
Post Add 1025X115
Loading...