इंग्लिस फुटबलको पछिल्लो दशकमा घटेका मुख्य १० क्षणहरू…

0

अमन गारू |

सन् २०१९ को अन्त्य सँगै बीबीसी स्पोर्ट्सले पछिल्लो दश वर्षमा इंग्लिस (बेलायती) फुटबलमा घटेका रोमाञ्चक क्षण पत्ता लगाउनका
निम्ति त्यस कार्यकाल भित्र घटेका सबै क्षणहरूको अवलोकन गरेका थिए । पछिल्लो दशकमा जम्मा ४ टोलीले प्रिमियर लिगको उपाधि जित्न
सफल भए । दुबै पुरुष र महिला टोलीले आ-आफ्नो सफलतालाई विश्वकपको सफलताको रूपमा लिइ रमाइलो गरेका छन् । र यस्ता
अविस्मरणीय क्षणहरू याे दशकमा असङ्ख्य रूपमा छन् ।

बीबीसी स्पोर्ट्स जर्नलिस्टका साथै चीफ (मुख्य) फुटबल लेखक फिल म्याकनल्टी, रेडियो ५ लाइभको फुटबल रिपोर्टर इयान डेनिस र म्याच
अफ द डेको कमेन्टेटर गाय माँब्रेको सहकार्यमा त्यसता असङ्ख्य क्षणहरूमध्ये, उत्कृष्ट दशको छोटो सूची सूचीकरण गरे । त्यस दश भित्र, म्यानचेस्टर सिटीको लागि सर्जियो अगुरोको टाइटल विनिङ गोल र लिभरपुलको बार्सिलोना विरुद्ध च्याम्पियन्स लिगमा सेमीफाइनल कमब्याकलाई पछि पार्दै लेस्टर सिटीको प्रिमियर लिग जिते पश्चात् मनाइएको राज्याभिषेकको ऐतिहासिक क्षणले धेरै भोट पाउँदै विवेकशील जित हुन सफल भयो ।

जनताबाट गरिएको भोटबाट आएको परिणाम यस प्रकारको थियो ।
१. वायन रोनीको म्यानचेस्टर सिटी विरुद्ध ओभर हेड किक (२०११) २ %

२. म्यानचेस्टर युनाइटेड १-६ म्यानचेस्टर सिटी – सधैँ किन म ? (२०११) ० %
३. अगुइरो (२०१२) २९ %

४. स्वारेजको टोकाइ (२०१३) ० %
५. सर एलेक्स फर्गुसनको भावनात्मक बिदाइ (२०१३) ३ %
६. जेरार्डको स्लिप (२०१४) ५ %
७. महिला विश्वकपमा लायनेसेसलाई तेस्रो स्थान पाउनु (२०१५) १ %

८. लेस्टर सिटीको राज्याभिषेक (२०१६) ३८ %
९. इंग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै २०१६ विश्वकपको क्वाटर फाइनलमा पुग्नु (२०१८) ४ %
१०. लिभरपुलद्वारा बार्सिलोना विरुद्ध च्याम्पियन्स लिग कमब्याक (२०१९) १८ %

१. वायन रोनीको म्यानचेस्टर सिटी विरुद्ध ओभर हेड किक (२०११)

कुनै पनि खेलाडीलाई आफ्नो प्रतिद्वन्द्वी टिम विरुद्ध ओभर हेड किक गोल गर्नु भनेको सपना समान हो । अब कल्पना गर्नुहोस् कि निर्धारित समय सकिन १० मिनेट मात्र बाँकी र खेल १-१ को बराबरीमा चलिरहँदा आफ्नो प्रतिद्वन्द्वी विरुद्ध ओभर हेड किक गोल हान्नु कस्तो होला ।

२०११ फ्रेबुअरीमा म्यानचेस्टर सिटी विरुद्ध गरेको यस गोललाई वायन रोनीको आफ्नो म्यानचेस्टर युनाइटेडको करियरमा महत्त्वपूर्ण गोल
भनेर वर्णन गर्न सकिन्छ । साथसाथै यस गोललाई म्यानचेस्टर डर्बीको समेट यस गोल एक उत्कृष्ट गोल भनेर चिन्न सकिन्छ ।

२. म्यानचेस्टर युनाइटेड १-६ म्यानचेस्टर सिटी – सधैँ किन म ? (२०११)

मारियो बालोटेली, एक बेग्लै चरित्रवान् खेलाडी । २०११ अक्टोबरमा ओल्ड ट्राफोर्डमा म्यानचेस्टर डर्बी हुनु २४ घण्टा पूर्व इटालियन स्ट्राइकरले आफ्नो बाथरुममा पटका (आतसबाजी) पड्काइरहेको भन्ने समाचार फैलिरहेको थियो । के यो पूर्ण रूपमा
सामान्य समाचार हो त ?

ओल्ड ट्राफोर्डमा भएको खेलमा बालोटेलीद्वारा म्यानचेस्टर सिटीलाई अग्रता दिइसकेपछि, उनले “सधैँ किन म ?” अर्थात् “ह्वाई अलवेज मि
?” लिखित आफूले लगाएको टिसर्ट प्रदर्शन गरे । त्यस सत्र प्रिमियर लिग टाइटल जित्ने इटालियन प्रशिक्षक रोबर्टो मानचिनीको टिमले जोनी इभान्सको रातो कार्डको फाइदा उठाइ खेलको सेकेन्ड हाफमा ५ गोल गर्न सफल भए र युनाइटेडलाई उनको प्रिमियर लिग इतिहासको भारी हार व्यहोर्न बाध्य बनाइ ।

सधैँ किन तपाई, मारियो ? सधैँ किन तपाई ?

३. अगुइरो (२०१२)

यो एउटा यस्तो क्षणहरू मध्ये एक हो जुन सबैले सम्झना गर्छ कि यो घटना घट्दा तिनिहरू कहाँ थिए । यो सत्र मानचिनीले सम्हालेको टिम म्यानचेस्टर सिटी उत्कृष्ट अवस्थामा थियो तर लिगको अन्तिम खेलमा क्यू पि आर विरुद्ध खेल जित्न एकदम धौधौ भयो ।

क्यू पि आरको लागि जिब्रील सिसे र जेमी म्याकीले १-१ गोल गर्दै खेलको निर्धारित ९० मिनेट सम्म सिटी आफ्नै घरेलु मैदानमा १-२ ले पछि पर्दै थियो ।

प्रिमियर लिगको अन्तिम खेलमा लिग जित्न सिटीलाई यस खेलबाट ३ अंकको जरुरी थियो । यता सिटी क्यू पि आर सँग ९० मिनेट सम्म पनि
१-२ ले पछाडी परेको खण्डमा उता म्यानचेस्टर युनाइटेडले सन्डरल्यान्डलाई उनकै घरेलु मैदानमा ०-१ ले हराउँदै आफ्नो जित लगभग पक्का भएको खुसीयाली मनाउँदै थियो ।

सन्डरल्यान्डलाई हराउँदै युनाइटेडले आफ्नो लिग अंक ८९ बनाइसकेको थियो । यता सिटी हार्ने क्रममा उनको अंक ८६ मात्र हुन्थ्यो ।
जोए बार्टनले सर्जियो अगुइरोलाई फल गरेपछि उनले रेड कार्ड पाए र क्यू पि आर १० खेलाडीमा सीमित भयो । मनोबल उच्च राख्दै सिटी
टाइटलको लागि लडिरहेको थियो ।

५ मिनेटको अतिरिक्त समय पश्चात् खेलको दोस्रो मिनेटमा एडिन जेकोले हेडिङ मार्फत गोल हानी खेल बराबरमा ल्यायो । एकदमै रोमाञ्च खेलमा जेकोले गोल गरेको २ मिनेट पछि नै अगुइरोले आश्चर्यजनक गोल गरेपछि इतिहाड स्टेडियमको माहौल नै बेग्लै भयो । र उता आफूले लिग जित्ने आशा देखी खुसीयाली मनाउँदै गरेको युनाइटेडको मुटु टुक्रा भए झैँ भयो । दुवैको समान ८९ अंक भएपनि गोल भिन्नताको आधारमा म्यानचेस्टर सिटी २०११-१२ प्रिमियर लिगको विजेता हुन पुग्यो । म्यानचेस्टर युनाइटेडको गोल भिन्नता +५६ थियो भने म्यानचेस्टर सिटीको गोल भिन्नता +६४ थियो

४. स्वारेजको टोकाइ (२०१३)

आफू पछि परेको सहन नसक्ने र अरू खेलाडीलाई आफू भन्दा पछाडि पुर्‍याउन लुइस स्वारेज एकदमै कडा खेलाडी हो । उनको मैदानमा कलात्मक प्रदर्शनको साथसाथै उनको विवादको कारण उनी मिडियामा फैलिरहेको हुन्छ ।

सन् २०११ मा उरुग्वेली खेलाडी स्वारेजले प्याट्रिस एभ्रा विरुद्ध जातीय भाषा प्रयोग गरेको आरोपमा उनलाई ८ खेल प्रतिबन्ध र
४०,००० पाउन्ड जरिबाना तिराएको समाचार विश्व भरी नै फैलिएको थियो । तर यो घटनाले भन्दा सन् २०१३ अप्रिलमा लिभरपुलको घरेलु
मैदान एनफिल्डमा घटेको घटनाले बजार अझ बढी तताइएको थियो ।

चेल्सी विरुद्ध प्रिमियर लिग खेलमा स्वारेजले प्रतिद्वन्द्वी डिफेन्डर ब्रानिस्लाभ इभानोभिचलाई चेल्सीकै पेनाल्टी एरिया भित्र दाहिने
बाहुलामा टोकी असभ्य व्यवहार देखाएको थियो । उनको यस अक्षम्य व्यवहारलाई सजायको रूपमा उनलाई १० खेल प्रतिबन्ध गरेको थियो
। यो पनि त्यस क्षणहरू मध्य एक अविस्मरणीय क्षण हो जुन फुटबल प्रेमीहरू सबैले एक अर्कालाई प्रश्न गर्दै थियो “के तपाईंले यो घटना हेर्नु
भयो ?”

५. सर एलेक्स फर्गुसनको भावनात्मक बिदाइ (२०१३)

के सर एलेक्स फर्गुसन फुटबल इतिहासमा अहिले सम्मकै महान् प्रशिक्षक हो त ? सर एलेक्स फर्गुसनको युनाइटेड प्रशिक्षकको रूपमा ओल्ड ट्राफोर्डमा भएको अन्तिम खेल भावनात्मक बिदाइ, वक्तव्य र व्याख्यानका साथ समाप्त भयो र त्यस दिन सायद विश्वभरिको फुटबल प्रेमीहरूको आँखा नरुझाएको कोही पनि नहोला । उनले आफ्नो २६ वर्षको लामो कार्यकालमा ३८ ट्रफी जित्न सफल भएका थिए ।

एउटा संयोगको कुरा यो पनि हो कि उनले आफ्नो करियरको अन्तिम सत्र पनि प्रिमियर लिग विजेता हुँदै बिदाइ हुन पाएको थियो । २०१३
मेमा आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको स्वान्सी सिटी विरुद्धको खेलमा २-१ ले जित हासिल गर्दै ट्रफी उचालेको थियो । खेलको निर्धारित समय सकिन ३ मिनेट बाँकी हुँदा रियो फर्डिनान्डले गोल गर्दै फर्गुसनले अन्तिम होम गेम जित्न सफल भए र ट्रफी विजेताका साथ खुसीयालीमा बिदाइ भयो ।

६. जेरार्डको स्लिप (२०१४)

तपाईंहरुले स्टेभन जेरार्डको व्यवहार र भावना त बुझि राख्नु भएको छ नि ? जेर्राड प्रिमियर लिग इतिहासको एक महान् खेलाडी हुन । तर उनीबाट चेल्सी विरुद्धको खेलमा भएको स्लिपको कारण लिभरपुलले सन् १९९० पश्चात् २०१३-१४ को सिजनमा पहिलो पटक घरेलु लिग
उपाधि जित्नबाट टाढा भएको मानिन्छ ।

त्यस खेलमा गरेको स्लिप नै लिग हार्नुको मुख्य (निर्णायक) देखेको थियो । लगातार ११ खेल जितिरहेको लिभरपुल लिगको शीर्ष स्थानमा थियो ।
चेल्सी विरुद्धको खेलमा जेरार्डको स्लिपको फाइदा उठाउँदै पहिलो हाफको अन्त्यमा डेम्बा बाले ब्लुजलाई (चेल्सीलाई) अग्रता दिए ।
खेलको अतिरिक्त समयको ४ मिनेट पछि विलियनले गरेको गोलको साथ खेल २-० ले टुङ्गियो ।

आफ्नै मैदान एनफिल्डमा ०-२ को हारसँगै लिभरपुलको प्रशिक्षक ब्रेन्डन रोजर्सको हातबाट लिग जित्ने दौडबाट पर पुग्यो । त्यस माथि
पहिलो स्थानको लागि प्रतिद्वन्द्वीको रूपमा रहेको म्यानचेस्टर सिटीले बाँकी खेल पछाडी नफर्की सबै खेल आफ्नो हातमा ल्याइ लिग जित्न
सफल भयो र लिभरपुल दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

घटना त घटिहाल्यो । तर सम्पूर्ण घटनाको सबै भन्दा विडम्बनाको कुरा अघिल्लो साता भएको म्यानचेस्टर सिटी विरुद्ध भएको होम म्याचमा
जेरार्डले भनेको व्याख्यान भयो । ३-२ ले उक्त खेल जिते पछि जेरार्डले यस्तो भाषण व्यक्त गरेको थियो, “हामीले यस सत्रको लिग हातबाट
खुस्किनु दिनु हुन्न । ”

७. महिला विश्वकपमा लायनेसेसलाई तेस्रो स्थान पाउनु (२०१५)

२०१५ महिला विश्वकपमा इंग्ल्यान्डले जर्मनीलाई अहिले सम्मकै ३१ वर्षमा इतिहासमा पहिलो पटक हराउँदै विश्वकपमा तेस्रो स्थान हासिल
गरेको उपलक्ष्यमा आफ्नो उपलब्धिको खुसीयाली मनाउने कोही पनि इंग्ल्यान्ड फुटबल प्रेमीले बाँकी राखेन ।

यसै दशक महिला फुटबलको उदय भएको तथा हौसला वृद्धि भइरहेको देखिन्छ । विगत ३ महिनामा मात्र ७७,००० दर्शकहरूले लायनेसेस
अर्थात् इंग्ल्यान्डको जर्मनी विरुद्ध मैत्रीपूर्ण खेल हेरेको थियो भने ३०,००० दर्शकहरूले महिला सुपर लिग अन्तर्गत म्यानचेस्टर डर्बी –
म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको खेल हरेको थियो ।

२०१५ को विश्वकपमा इंग्ल्यान्ड पहिलो पटक सेमीफाइनलमा प्रवेश गर्नुमा उनैको महत्त्वपूर्ण भूमिका थियो भनेर धेरैले विश्वास गर्छन् ।

८. लेस्टर सिटीको राज्याभिषेक (२०१६)

के यो एक फुटबल जगतको सबैभन्दा रोमाञ्चक र महान् कथा हो ? सट्टेबाजीमा दर थियो ५०००-१ । जबकी लेस्टर सिटीले प्रिमियर लिग
जितेको खण्डमा १ बराबर ५००० पाउने । र यस टिमले आफ्नो १३२ वर्षको इतिहासमा पहिलो पल्ट माथिल्लो डिभिजनको उपाधि जित्ने
क्रममा सबैलाई चकित पारे ।

२०१५-१६ को लिग जिते लगतै, लेस्टर सिटीले आफ्नो लिगको उद्घाटनको मुकुट सहित राज्याभिषेकको रूपमा मनायो । १३२ वर्षको
लामो इतिहासमा लेस्टर सिटीले पहिलो पटक लिग जित्दा, उनीहरूले आफ्नो खुसीयाली सानदार र भावनात्मक शैलीको साथ ७ मे २०१६ को दिन मनायो ।

गज्जबको दिन थियो त्यो, जुन वेस मोर्गानले लेस्टर सिटीलाई ट्रफी दिलायो । ट्रफी लिने क्षणमा साक्षी बसेका दर्शकहरूलाई पनि त्यस क्षण अविस्मरणीय थियो र यस क्षण फुटबल प्रेमीहरूको लामो समयको लागि सम्झनामा रहनेछ । पछिल्लो साता अर्थात् ३६ औं खेलमा दोस्रो स्थानमा कार्यरत टोटेनहम हट्सपरले चेल्सीलाई हराउन नसकेपछि लेस्टरसँगको अंक दूरी झन् बढ्यो र लेस्टरले लिग जित्ने तय भएको थियो । लेस्टर सिटीले अन्तिम होम खेल, ३७ औं खेलमा एभरटनलाई ३-१ ले हराउँदै लिग च्याम्पियन्सको ट्रफी उचाल्यो । र यो क्षण नै लेस्टरको लागि
आधिकारिक विजय घर घोषित भइसकेको थियो ।

इटालियन ओपेरा गायक एन्ड्रिया बोसेलीद्वारा भावनात्मक स्वरमा प्रस्तुत नेसुन डोर्मा, इटालियन प्रशिक्षक क्लाउडिरो रानेइरीको अत्याधिक आँसु बरबराउने भावनात्मक व्याख्यान र अपत्यार लाग्दो एवम् अविश्वासीलो आसको घरेलु प्रशंसक र शुभचिन्तकले यस सत्र आश्चर्यजनक बनायो ।

९. इंग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै २०१६

विश्वकपको क्वाटर फाइनलमा पुग्नु (२०१८) इंग्ल्यान्ड र पेनाल्टी सुट आउट । एक भयानक क्षण । प्रि-क्वाटर अर्थात् राउन्ड अफ १६ चरणको अन्तिम खेल, कोलम्बिया विरुद्ध इंग्ल्यान्ड, चलिरहेको थियो । १ गोलले अग्रता गरिरहेको इंग्ल्यान्डलाई रोक्न कोलम्बियाले ९० मिनेटको निर्धारित समय सकिएपछि अतिरिक्त समयको ३ मिनेटमा गोल गरी खेल बराबरीमा ल्यायो ।

त्यसपछि थप गरिएको ३० समयको अतिरिक्त समयले खेलको निर्णय लिन नसकेपछि रेफरी मार्क गायगरले ३० मिनेट सकिए लगतै सिटी फुके र खेल १-१ मा टुङ्गियो । २ घण्टाको खेलले निर्णय लिन नसकेपछि खेल पेनाल्टी सुटआउट तर्फ मोडियो । विश्वकप फुटबलमा इंग्ल्यान्ड पेनाल्टी सुटआउटमा सधैँ हारिने क्रम दोहोरिने भएकोले थ्री लायन्स अर्थात् इंग्ल्यान्डको प्रशंसकहरू कोहीले मैदान छाड्न हतार मान्दै थियो भने कोही प्रशंसकहरूले आफूले प्रदर्शनमा उतारेको झन्डाहरू झुक्काउने तथा कसैले हटाउने कि भनेर सोच्न सुरु गरिरहेको
हुनुपर्छ ।

तर यसपाली त्यस्तो केही भएन । परिपक्व युवाहरूले भरिएको टोली जोसमा आयो । प्रशंसकहरू गलत साबित हुन पुगे । नतिजा फुटबलको
जन्मदाता इंग्ल्यान्डको तर्फ आयो । प्रि-क्वाटरको अन्तिम खेलमा भएको पेनाल्टी सुटआउटमा जोर्डन पिकफोर्डको बायाँ हात र एरिक डायरको दायाँ खुट्टालाई विशेष धन्यवाद दिनुपर्छ । जसले इंग्ल्यान्डलाई विश्वकप फुटबलको चौथौँ पटकको पेनाल्टी सुटआउटमा जित हासिल गर्न सफल गरायो । यो जित सँगै इंग्ल्यान्ड क्वाटर फाइनलमा स्वीडेन सँग भिड्ने छ ।

१०. लिभरपुलद्वारा बार्सिलोना विरुद्ध च्याम्पियन्स लिग कमब्याक (२०१९)

एनफिल्डमा घटेको अर्को एउटा प्रसिद्ध रात । सेमीफाइनलको सुरुको लिग, अवे लिगमा बार्सिलोनाको होम ग्राउन्डमा ३-० को भारी हार व्यहोरेपछि, लिभरपुलको प्रशिक्षक योगर्न क्लोपले एउटा प्रश्न उठाएको थियो, “उनको टिमले यो भन्दा राम्रो खेल्न सक्छ
कि सकिँदैन ।

सुरुको लिगको झट्का पछिको ६ दिन पछि लिभरपुलले स्पेनिस जायन्ट बार्सिलोनालाई चकित पारे । बार्सिलोनाको समर्थकमा विश्वास पटक्कै
थिएन । “यु विल नेभर वक एलोन” गीत मैदानको चारै तर्फ बजिरहेको थियो । लिभरपुललाई नवौं युरोपियन कप फाइनलमा पुर्‍याउनको लागि बार्सिलोना विरुद्ध आफ्नै घरेलु मैदानमा भएको दोस्रो खेलमा डिभोक ओरिगी र जर्जिनियो विज्नाल्डमको २-२ गोल सहयोग गरेका थिए । समग्रमा लिभरपुलले बार्सिलोना विरुद्धको खेल ४-३ ले जिते र च्याम्पियन्स लिगको फाइनलमा पुगे ।

मड्रिडमा भएको फाइनल खेलमा मोहमद सलाहले सुरूवाती २ मिनेटमा र ८७ मिनेटमा ओरिगीले टोटेनहम हट्सपर विरुद्ध फेरी एक
गोल थपि, २-० ले विजय हासिल गर्यो र क्लबले आफ्नो छैटौँ युरोपेली मुकुट पहिराउन सफल भयो ।

Post Add 1025X115
Loading...