साउखलकाे १०० गाेल पुरा गरेकाे खेलमा च्यासलले पुलिसबाट अंक खाेस्याे

0

सहिद स्मारक ए डिभिजन लिगमा सन्तोष साउखलले एक सय गोल पुरा गर्ने कीर्तिमान बनाउँदा उनको टिम च्यासल युथ क्लव भने नेपाल पुलिस क्लवसँग बराबरीमा रोकियो ।

दशरथ रंगशालामा पुलिस विरुद्धको खेलमा सबैको नजर सन्तोषमाथि नै थियो । लिगका सुरुवाती दुई खेलमा तीन गोल गरेर शतकको नजिक पुगेका सन्तोष त्यसपछिका दुई खेलमा गोल विहिन हुन पुगे । जसका कारण उनी दबावमा त आएको हैन भन्ने पनि आशंका गर्न थालियो ।

चिसो मौसममा च्यासल पुलिस विरुद्ध उत्रदा खेलको पाँचौ मिनेटमा नै गोल खान पुग्यो । पुलिसका लागि निरकुमार राईले गोल गर्दै विभागिए टिमलाई अग्रता दिलाए ।

तर खेलमा एक शुन्यले पछि परेको अवस्थामा सन्तोषले १७ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा मात्र पुर्याएनन् । ए डिभिजन लिगमा एक सय गोल गर्ने पहिलो खेलाडी बने ।

यो गोल सन्तोष आफैका लागि पनि निकै विशेष थियो । त्यसैले पनि उनले गोल गरेपछि उनीमात्र होइन क्लवका समर्थक र खेलाडी निकै खुसी भए ।

तर खेलको ४० औं मिनेटमा च्यासलले फेरी गोल खायो । यसपटक पुलिसका लागि सुमन लामाले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । तर ४९ औं मिनेटमा फेरी सन्तोषले च्यासललाई बराबरीमा ल्याए ।

उनले हेमनको पासमा गोल गर्दै टिमलाई दुई दुईको अवस्थामा पुर्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र दुबैले एक एक अंक बाढे ।

खेलकाे हाइलाइट्स

यस्ताे छ सन्ताेषकाे १०० गाेलकाे यात्रा

२०६३ देखि २०६९ सालसम्मको लिगमा करियरको उच्च फर्ममा रहेका सन्तोषले सो बेला हरेक लिगमा डबल फिगरमा गोल गरे ।

२०६० सालमा पहिलो पटक थ्रीस्टारबाट खेलेका भक्तपुरे सन्तोषले पहिलो सिजनको लिगमा नै ६ गोल गरेका थिए । ललितपुरको थ्रीस्टार क्लवमा हुँदा उनले एकै सिजनमा धेरै गोल गर्दै खेलाडीको सूचीमा परे । यसका साथै उनी सर्वाधिक गोलकर्ताको पुरस्कार पनि पाउन सफल भएका थिए ।
थ्रीस्टारबाट लिगको सुरुवात गरेका सन्तोषले नयाँ कीर्तिमान भने च्यासलबाट बनाउने लगभग निश्चित छ ।

लिगको करियरमा उनको सबैभन्दा धेरै गोल थ्रीस्टारबाट नै गरे । उनले थ्रीस्टारबाट ६ सिजन खेल्दा ७१ गोल गरेका थिए । यस्तै मनाङबाट १६ गोल गरेका थिए । एन्फा एकेडेमी बाहिर बाटै पनि उमेर समुह देखि राष्ट्रिय टिममा स्थान बनाउने खेलाडी हुन् । थ्रीस्टारबाट ब्यवसायिक करिअर शुरु गरेका सन्तोस बीच सशस्त्र प्रहरी बल हुदै पुन थ्रीस्टार फर्किएका थिए ।

लिगमा सन्ताेषले अहिलेसम्म गरेका गाेल

२०६० काे लिग
थ्री स्टार-६ गोल

२०६१ काे लिग
एपीएफ-६ गोल

२०६२ काे लिग
थ्री स्टार-९ गोल

२०६३ काे लिग
थ्री स्टार-११ गोल

२०६६-६७ काे लिग
थ्री स्टार-१९ गोल

२०६८ काे लिग
मनाङ – १६ गोल

२०६९ काे लिग
थ्री स्टार-१७ गोल

२०७० काे लिग
थ्री स्टार-९ गोल

२०७५ काे लिग
च्यासल-३ गोल

२०७६ काे लिग (जारी)
च्यासल-५ गोल

Post Add 1025X115
Loading...