‘भिजिट नेपाल २०२०’ काे प्रचार सन्दिपले अनाैठाे किसिमले गरे !

1

यो बर्ष नेपालले भिजिट नेपाल २०२० मनाईरहेको छ । नयाँ बर्षको सुरुवातसँगै नेपालले औपचारिक उद्घाटन गरेर २०२० लाई भ्रमण बर्षको मनाउने उद्घोष गरेको थियो ।

यो बर्ष धेरै भन्दा धेरै पर्यटकलाई नेपाल भित्र्याएर भ्रमणबर्ष सफल पार्ने योजनामा रहेको नेपाल सरकारले विदेशमा पनि विभिन्न कार्यक्रम गरेर यसको प्रचार गरिरहेको छ ।

मंगलबार मात्र अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा पर्यटक मन्त्री योगेश भट्टराईले नै भिजिट नेपाल २०२० को उद्घाटन गरेका छन ।

त्यसको दोस्रो दिन अर्थात आज (बुधबार) नेपाली स्टार खेलाडी सन्दिप लामिछानेले बिग ब्यास लिगमा यसको प्रचार छुट्टै किसिमले गरे । उनले सिड्नी थन्डर्स विरुद्धको खेलमा आफुले लगाएको स्पाइकमा भिजिट नेपाल २०२० लेखेर खेलेका थिए ।

जसलाई प्रत्यक्ष प्रशारणमा पनि राम्रोसँग देखाइएको थियो । सेतो र निलो मिक्स स्पाइकमा उनले कालो अक्षरमा बुझिने किसिमले भ्रमण बर्ष २०२० लेखेका थिए ।

उनको यो कामलाई खेलका कमेन्टेटरले पनि तारिफ गरेका थिए । सन्दिपले यो आफ्नो टिमसँग अनुमती लिएर लेखेका थिए ।

Post Add 1025X115
Loading...