ईपिएलको टिम पोखरा राइनोज सामाजिक अभियानमा

0

पोखरा । जगदम्बा स्पोर्टस प्रालि अन्तर्गत रहेको पोखरा राइनोज टिमले पोखरा लेक साईडमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

टिभिएस तथा वातावरणसँग सम्बिन्धित संस्था क्लिन इनर्जी नेपालको सहकार्यमा पोखरा लेक साइडमा डिसेम्बर ३१ तारिखदेखि शुरु भएको पोखरा स्ट्रिट फेस्टिबलमा विभिन्न कार्यक्रमका साथै सामाजिक जनचेतना अभियान गरेको थियो ।

सो अबसरमा उनीहरुले वातावरण प्रदूषणको अवस्था, न्यूनिकरण गर्ने कार्यदिशा तथा स्वच्छ वायु मेरो अधिकार भन्ने नारासहित अभियान सम्पन्न गरेको पोखरा राइनोजले जनाएको छ । स्ट्रिट फेस्टिबलका अबसरमा अवलोकनकर्ताहरुलाई वातावरण प्रबद्र्धनमा मेरो साथ र न्युनिकरण गर्न हस्ताक्षर संकलन गरि सम्बन्धित वातावरण सरोकार समितिलाई संकलित हस्ताक्षर हस्तान्तरण गर्ने, वातावरण प्रदूषणबाट बच्ने उपाय र आगामी कार्यक्रममा म्याराथोन, रातको समयमा ओपन मुभि नाईट, र्‍यालि तथा बृक्षारोपन कार्यक्रमको बारेमा जानकारी गराइएको थियोे ।

आगामी दिनमा नेपालमा हुन लागेको बहुप्रतिष्ठित एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटलाई प्रबद्र्धन गर्ने उद्देश्यले क्रिकेट सम्बन्धि विभिन्न खेल सामाग्रीलाई पनि जगदम्बा स्पोर्टसले उक्त महोत्सवमा स्टल राखि खेलकुद पर्यटनलाई प्रबद्र्धन गर्न सफल भएको पनि विश्वास व्यक्त गरेको छ ।

Post Add 1025X115
Loading...