लिगमा राम्रो खेल्यो भने राष्ट्रिय टिममा पर्न गाह्रो छैनः रविन श्रेष्ठ

0

नेपाल राष्ट्रिय टिमबाट खेलिसकेका डिफेन्डर रविन श्रेष्ठ चोटमुक्त भएर मैदान फर्किएका छन् । सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणमा सरस्वती युवा क्लबविरुद्धको खेलमा कप्तानको ब्यान्ड लगाएर रविनले घरेलु फुटबलमा कमब्याक गरेका हुन् ।

राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर रविनको राष्ट्रिय टिमबाट खेल्ने धोको अझै पनि पूरा भइसकेको छैन ।

लेफ्ट फुटेड फुलब्याक रविन दुई वर्षअघि भएको फिलिपिन्सविरुद्धको म्याचमा घाइते भएका थिए । त्यसपछि उनी पूर्ण रुपमा स्वास्थ्य लाभ गरिरहेका थिए । ए डिभिजन लिगमा सरस्वती क्लबविरुद्ध मैदानमा पुनरागमन गरेपछि उनी पनि उत्साहित छन् । तर, पहिलो प्राथमिकता भने पुलिस टिम नै रहेको उनको भनाई छ ।

‘अहिले मेरो फोकस भनेको ए डिभिजन लिग हो । टिमलाई जतिसक्दो राम्रो गरेर राम्रो पोजिसनसम्म पु¥याउन मद्धत गर्छु,’ राम्रो प्रदर्शन गरे राष्ट्रिय टिमबाट बोलावट हुनेमा उनी विश्वस्थ छन् ।

राष्ट्रिय टिममा लेफ्ट फुलब्याकमा राम्रो खेल्ने खेलाडी अझै पनि देखिएका छैनन् । त्यही मौका सदुपयोग गर्न रविन चाहन्छन् । त्यसका लागि लिगमा उच्च प्रदर्शन गर्नुपर्नेछ भनेर पनि उनलाई थाहा छ ।

‘खेलाडी भएर खेलिसकेपछि राष्ट्रिय टिममा आउने सबैको चाहना हुन्छ ,’ रविनको भनाई छ ।

सन् २००८ मा १७ वर्षको उमेरमा रविनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए । एएफसी च्यालेञ्ज कप अन्तर्गत उत्तर कोरियाविरुद्धको खेलमा पहिलो पटक चन्द्र–सुर्य अंकित राष्ट्रिय जर्सी लगाएका रविन डिफेन्समा रहेर ओलभरल्यापमा जान खप्पिस छन् । इन्ज्युरी अघिसम्म पनि रविन लगातार रुपमा राष्ट्रिय टोलीमा खेलिरहेका छन् ।

Post Add 1025X115
Loading...