ढुक्क हुनुुस रंगशालामा खेलबाहेक अरु गतिविधि हुँदैन : सदस्यसचिव सिलवाल

रंगशालाको काम अझैं बाँकी छ

0

काठमाडौं, १७ पुस । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दशथ रंगशाला विशुद्ध खेलकुदका लागि मात्रै प्रयोग हुने प्रष्ट पारे ।

दशरथ रंगशालामा भ्रमण वर्ष २०२० को उद्घाटन भएपछि विभिन्न टिका टिप्पणी भइरहेका बेला नेप्लेज डटकमको युट्युव च्यानलसँग कुरा गर्दै सदस्यसचिव सिलवालले भ्रमण वर्ष राष्ट्रिय कार्यक्रम भएको र अन्य ठाउँमा उद्घाटन गर्ने अवस्था नभएकाले प्रयो गर्न दिइएको प्रष्ट पारे । उनले भने ‘सरकारले पयर्टन वर्ष शुरु गर्ने अनेत्र ठाउँ नदेखेकाले रंगशाला प्रयोग गरेको हो, ढुक्क हुनुहोस अब खेलकुदबाहेक अरु कामका लागि प्रयोग हुँदैन ।’

सदस्यसचिव सिलवालले साग सफलता पूर्वक सम्पन्न गरे पनि अझै पूर्वाधारको कामभने बाँकी रहेको बताए । रंगशालाको भीआईपी तर्फको प्यारापिट अझै पूर्णरुपमा तयार नभएको बताउँदै यसअघि पानी माथिबाट चुहिएको नभई ‘बाछिटा’ भएको बताए । भीआईपी तर्फको प्यारापिट निर्माणको सम्झौतामा बाछिटा रोक्ने कुनै प्रावधान नराखिएको र अहिले त्यसमा काम भइरहेको बताए । अझै पनि सीसी क्यामेरा राख्न बाँकी रहेको उल्लेख गरे ।

राखेपका ओलम्पिकको तयारीमा जुटेको जानकारी दिँदै केही खेलाडीहरु अहिलेपनि प्रशिक्षणमा रहेको जानकारी दिए । यसैगरी सागका पदक विजेता खेलाडीहरुलाई चाँडै नगदसहित सम्मान गर्ने बताउँदै सदस्यसचि सिलवालले भने ‘खेलाडीलाई जति चाँडो पैसा दियो, त्यसको स्वाद बढी हुन्छ, ढिला दिँदा त्यसकाले राम्रो गर्दैन । त्यसैले चाँडैनै यो रकम हस्तान्तरण गर्छौं ।’

यसैगरी रकमको विषयमा पनि अन्योल रहेको प्रश्नमा सदस्यसचिव सिलवालले मन्त्रालयले यस विषयमा प्रष्ट हुन खोजेकाले सवै प्रक्रिया पुरा गरेर पठाइएको र चाँडै मन्त्रिपरिषद्बाट निर्णय हुने विश्वास पनि व्यक्त गरे ।
सदस्यसचिव सिलवालसँग पत्रकार श्याम चित्रकार र मुक्तिबाबु रेग्मीले गरेको यो कुराकानी । हेरौं भिडियोमा ।

Post Add 1025X115
Loading...