रेडिअन्टलाई सफलता

0

रेडिअन्टको जुनियर ब्वाइज, सिनियर गल्र्स र सिनियर ब्वाइज तीनै टोलीले आठौं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार सफलता हात पारेका छन् ।

जुनियर ब्वायजमा रेडिअन्टले बिग बुद्धलाई ३७–२१ ले पराजित गर्यो । रेडिअन्टका राज रोकाले १२ अंक जोडे । सिनियर गल्र्समा रेडिअन्टले द चाँदबागलाई १८–१६ ले हरायो । रेडिअन्टकी अशु गौतमले ८ अंक जोडिन् । सिनियर ब्वायजमा रेडिन्टले बृहस्पति विद्या सदनमाथि ५०–१० को सहज जित रच्यो । विजेताका उपेन्द्र बस्नेतले २५ स्कोर गरे ।

बास्केटबलकै सिनियर गल्र्सको अन्य प्रतिस्पर्धामा सिद्धार्थ बनस्थलीले ग्यालेक्सी पब्लिक स्कुललाई १२–८ तथा स्वर्णिमले बृहस्पतिलाई ३३–४ ले पाखा लगाए । सिद्धार्थ बनस्थलीकी यशोश्री गुप्ताले ५ तथा स्वर्णिमकी मोहिनी लोप्चनले २२ अंक बटुले ।

यु–१२ ब्वाइज फुटबलमा किड्स लर्निङले विद्या संस्कारलाई ९–०, ग्रिनफिल्डले ओराकल रेलाई २–१, रेडिअन्टले न्यु इरा एकेडेमीलाई ३–०, रिब्सले विद्या संस्कारलाई १–०, काष्ठमण्डप विद्यालयले आयोजक द एक्सेल्सियर स्कुललाई ३–० र पुष्पसदनले न्यु जेनिथलाई ५–० गोलले निराश पारे । काष्ठमण्डप र ओराकल रेले २–२ गोलको बराबरी खेले ।

Post Add 1025X115
Loading...