ग्रिनफिल्ड र सेब विजयी

0

ग्रिनफिल्ड र सेबले आठौं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा बिहीबार जित हात पारेका छन् ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्वर्णिमलाई ३४–२१ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा सौरभ पौडेलले ११ अंक योगदान गरे । जुनियर ब्वाइजमा कृपाल कोइरालाको १३ अंक सहयोगमा सेबले ग्रिनफिल्डलाई ३२–१८ ले हरायो ।

बास्केटबलकै जुनियर ब्वाइजमा स्वर्णिमले आयोजक द एक्सेल्सियर स्कुललाई २०–१० तथा सिनियर ब्वाइजमा विद्योदयले ओसिसलाई २७–२३ ले पाखा लगाए । स्वर्णिमका जेनिश बस्नेत तथा विद्योदयका विरभ थापाले समान ८ स्कोर गरे । सिनियर गल्र्समा द चाँदबाग स्कुलले स्वर्णिमलाई १९–१६ ले पन्छायो । चाँदबागकी नोरह ज्ञवालीले ८ अंक बटुलिन् ।

फुटबलको यु–१६ गल्र्समा एलआरआईले किड् लर्निङलाई १–० तथा एक्सेल्सियर ‘रातो’ ले एलआरआईलाई ४–० गोलले पराजित गरे । सोही स्पर्धामा एक्सेल्सियर ‘नीलो’ र काष्ठमण्डपले गोलरहित, काष्ठमण्डप र प्याराडाइसले गोलरहित तथा एक्सेल्सियर ‘रातो’ र ग्यालेक्सी पब्लिक स्कुलले १–१ गोलको बराबरी खेले ।

विद्या संस्कार र रातो बंगलाबीचको यु–१२ ब्वाइज फुटबलमा विद्या संस्कार ४–३ गोलले विजयी भयो । विद्या संस्कारका आदित्य शाहले २ तथा करण श्रेष्ठ र अनुभवले १–१ गोल गरे । रातो बंगलाका प्रज्ञान गौतमले २ तथा नोबलले १ गोल गरे ।

Post Add 1025X115
Loading...